आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वालिङ ८ मा अन्तरक्रिया ।
आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर ८ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष कमल प्रसाद सुवेदीले कृषकहरुले फरक—फरक बस्तुहरु उत्पादन गर्दा बजारीकरणमा सहज हुने बताउनु भयो । उहाँले भन्नुभयो, “बजार र समयको मागलाई मध्य नजर गरेर खेती गर्दा सहजै बजार पाईन्छ । ”

वडा नम्वर ८ वालिङको राजधानी भएको भन्दै अध्यक्ष सुवेदीले वडाबासीलाई भन्नुभयो, “वालिङको विशेषता झल्कने गरी उत्पादनमा गर्नुहोस् बजारीकरणको जिम्मा हामी लिन्छौं । ”
कार्यक्रममा नगरकार्यपालिका सदस्यहरु युगमाया पंगेनी र गीता रनपाल, वडा सदस्य चेतनारायण श्रेष्ठ, नगर गुनाशो व्यवस्थापन समितिका संयोजक भुपराज बगाले लगायतले कार्यक्रमका बारेमा बोलेका थिए ।
परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कायक्रमको सञ्चालन बजार प्रमुख गंगाधर खनाल राजुले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


