काँग्रेस स्याङ्जाको नयाँ संरचना अनुरुप नेतृत्व प्रदान, क्षेत्र नं १ मा तुलसी रेग्मी, २ मा ईश्वर खाँण ।
भवानी अधिकारी/ स्याङजा :
नेपाली काँग्रेस स्याङ्जाले राज्यको पुर्नसंरचना अनुसार साविक स्याङ्जा क्षेत्र नं. १ र २ लाई संघीय र प्रादेशिक समितिमा समायोजन गरेको छ । केन्द्रीय कार्य समितिद्धारा जारी स्थानीय तह संगठनको अन्तरिम ब्यवस्था निर्देशिका २०७६ अनुरुप संघ र प्रदेशमा समायोजन गरेको हो ।
कांग्रेस पार्टी कार्यालय पुतलीबजारमा भएको भेलाले संघीय र प्रादेशिक संरचना अनुरुपको कार्य समिति चयन गरेको छ । संघीय संरचना अनुरुप तुलसीराम रेग्मीको सभापतित्वमा १८ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपसभापतिमा जनकराज खनाल र रुकबहादुर क्षेत्री, सचिवमा रामजी भण्डारी र राजुकुमार श्रेष्ठ, सहसचिव दुर्गा केसी, कोषाध्यक्षमा थमनबहादुर बोगटी रहेका छन् । यसैगरी, सदस्यहरुमा श्रीराम उपाध्याय, महेशबहादुर थापा, सीता गोदार, गीता चापागाई, जगतबन्धु कोइराला, डल्ले सार्की, हरि बहादुर गुरुङ्, ख्यामनारायण खनाल, कुमबहादुर क्षेत्री, बेलबहादुर गुरुङ, चन्द्रजंग केसी र रामचन्द्र पौडेल रहेका छन् ।
प्रादेशिक संरचना अनुरुप प्रदेश क मा रुकबहादुर क्षेत्रीको सभापतित्वमा समिति गठन भएको छ । समितिको उपसभापतिमा ओमबहादुर भट्ट, सचिवमा डिआर पोखरेल, कोषाध्यक्षमा इन्दिरा केसी, सहसचिवमा नरेन्द्र विक्रम थापा लगायत ३३ सदस्यीय समिति चयन भएको हो ।
प्रदेश ख अन्र्तगत जनकराज खनालको सभापतित्वमा १७ सदस्यीय समिति गठन भएको हो । समितिको उपसभापतिमा रामजी भण्डारी र राजकुमार श्रेष्ठ, सहसचिवमा दुर्गा केसी, कोषाध्यक्षमा थम्मनबहादुर बोगटी लगायत अन्य सदस्यहरु रहेका छन् ।
त्यस्तै गत बुधवार साविक क्षेत्र नं. २ र ३ लाई पनि संघीय र प्रादेशिक संरचना अनुरुप समायोजन गरिएको छ । संघीय संरचना २ अनुरुप सभापतिमा देबबहादुर खाँण (ईश्वर) ले नेतृत्व लिएका छन् । उपसभापतिमा अर्जुनप्रकाश अर्याल र हरिबाबु पोख्रेल, सचिवमा महेश भट्टराई र दामोदर लम्साल, शालिकराम देवकोटा, नरबहादुर पौडेल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, टिकाराम तिवारी, सहसचिवमा बोला पाठक, सरस्वती बगाले लगायत अन्य सदस्यहरु रहेका छन् ।
२ को प्रदेश क मा अर्जुनप्रकाश अर्यालको सभापतित्वमा कार्यसमिति चयन गरेको छ । सचिवमा नरबहादुर पौडेल र दामोदर लम्साल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, सहसचिवमा सरस्वती बगाले र बोला पाठक लगायत अन्य सदस्यहरु रहेका छन् ।
प्रदेश ख मा हरिबाबु पोख्रेलको सभापतित्वमा महेश भट्टराई र शालिकराम देवकोटा सचिव र कोषाध्यक्षमा टिकाराम तिवारी लगायत अन्य सदस्यहरु रहेका छन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …