आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वालिङमा अन्तरक्रिया सम्पन्न ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर १३ मा अन्तरक्रिया कार्यक्रम गरिएको छ । युएनडिपि नेपाल र वालिङ नगरपालिका आर्थिक सहयोग तथा दियालो संस्थाको साझेदारीमा वालिङ नगरपालिकामा परियोजना शुरु भएको हो ।

अन्तरक्रियामा बोल्ने कृषक तथा उद्यमीहरुले आर्थिक उपार्जनको अवसरलाई सवैले सदुपयोग गर्नु पर्नेमा जोड दिएका हुन् । उनीहरुले भने, “अवसरको सदुपयोगको लागि सम्वन्धीत निकायले हामीलाई सहयोग गर्न आवश्यक छ ।”
अन्तरक्रिया कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता गैह्रेले परियोजनाको पहिलो चरणमा वालिङ क्षेत्रमा १ हजार उद्यमी तयार गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीप र दक्षताले युक्त उद्यमी तयार गर्ने हाम्रो लक्ष्य छ ।” अध्यक्ष गैह्रेले बस्तुहरुको उचित मुल्यमा बजारीकरणको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हामीले उत्पादनलाई मात्रै होईन बजारीकरणलाई पनि उत्तिकै स्थान दिएका छौं ।”

सो अवसरमा वडा नम्वर १३ का अध्यक्ष आनन्द पाठकले नगरको समग्र आर्थिक बिकासको लागि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले समुहमा काम गर्नेलाई सबै तिरबाट सहयोग प्राप्त हुने जानकारी गराउनु भयो । उहाँले वडाले उद्यमीहरुको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । त्यस्तै दियालो संस्थाका कोषाध्यक्ष सीता गैह्रेले आफ्नो हितको लागि आफु पनि उत्तिकै सक्रिय बन्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कृषकहरुले आ—आफ्ना समस्या तथा भोगाईहरु सुनाएको थिए । उनीहरुले गुणस्तरीय मल तथा बिउ समयमा नै नपाएको गुनाशो गरे त्यस्तै जंगली जनाबरको आक्रमण बढ्दै गए पछि आफूहरुको खेती लगाउने मन नै हराएको बताए । उनीहरुले बजारीकरणलाई ध्यान दिन आग्रह समेत गरे ।
बायटारीमा भएको कार्यक्रमको सञ्चालन दियालो संस्थाका प्राबिधिक स्वयंसेवक बिष्णु न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधी, टोल बिकास संस्थाका संयोजक , अगुवा कृषक, उद्यमी लगायतको सहभागिता रहेको थियो ।


समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…