पर्यटन प्रर्वद्धनमा वालिङका युवाको सक्रियता, “पहिला देश अनि विदेश” ।
कला राना/स्याङ्जा :
पर्यटन प्रर्वद्धनका लागि स्याङ्जाको वालिङका युवाहरुले सक्रियता देखाएका छन् । युवाहरु वण्डरफुल वालिङ संस्था मार्फत पर्यटन प्रर्वद्धनमा चासो देखाएको हुन् । नेपाल सरकार भिजिट ट्वान्टी ट्वान्टीको प्रचारप्रसारमा लागिरहेका बेला यहाँका युवाहरुले समेत सरकारलाई सहयोग गर्ने प्रयास गरेका छन् । श्रवण कुमार र उनका बुवाआमाको कथासंग जोडिएको आँधीखोलामा शनिबार र्याफ्टिङ गरीकाएको छ ।
“पहिला देश अनि विदेश” भन्ने नाराका साथ वण्डरफूलले संविधान दिवसका असरमा समेत दुईदिन सम्म र्याफ्टिङ गरेको थियो । शनिबार भने यहाँका पत्रकारहरुले समेत ¥याफ्टिङ गरेका हुन् । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा समेत ¥याफ्टिङको संभावना रहेकाले यसको प्रचारप्रसारका लागी गतवर्षबाट हरेक वर्ष ¥याफ्टिङको आयोजना गर्दै आईरहेको वण्डरफूलका कार्यबहाक अध्यक्ष आशिषप्रताप खांणले बताउनुभयो ।
खांणले भन्नुभयो,“भिजिट ट्वान्टी–ट्वान्टीको प्रसारप्रसारमा समेत सहयोग पुगोस भन्ने हेतुले यसवर्ष संविधान दिवसका अवसरमा ¥याफ्टिङ शुरु गरिएको हो ।” अन्तराष्ट्रिय पहाडी साईकल प्रतियोगिता समेत सम्पन्न गरेको वण्डरफूलले यहाँका पर्यटनलाई उजागर गर्न सहयोग गर्दै आईरहेको छ । भीरकोट नगरपालिका १ हेलूदेखि वालिङ १३ बायाँटारीसम्म २५ किलोमिटर जलयात्रा गरिएको हो । ¥याफ्टिङ व्यवसायी तथा गाईडर सुभाष थापा भन्नुहुन्छ, “पोखराको नजिकै रहेको आँधीखोलामा जलयात्राको प्रचुर संभावना छ । संभावनालाई युवाहरुले उजागर गर्न खोज्नु निकै सकरात्मक पक्ष हो ।” हरेक वर्षको साउन, भदौ, असोजसम्म आँधीखोलामा जलयात्रा गर्न सकिने थापाको भनाई छ ।
बर्षाको समयमा अन्य नदीहरुमा पानीको उच्च बहाव भएपनि आँधीखोलामा भने पानीको मात्रा सहि हुनाले यी तीन महिनामा जलयात्रा गर्न सकिने थापाको भनाई छ । शनिबार ३५ जनाले ¥याफ्टिङ गरेका छन् । हेलूदेखि बायाँटारी सम्म सुरिक्षत जलयात्रा गर्न सकिने कुनै रिक्स नभएकाले यहाँ आउने पर्यटकलाई समेत ¥याफ्टिङको मजा चखाउनुपर्ने वण्डरफूलका सचिव गणेश राउतले बताउनुभयो । वण्डरफूलले कार्तिकमा ५० किलोमिटर मोटरसाईकल ¥याली समेत आयोजना गर्दै छ । भिजिट ट्वान्टी–ट्वान्टीकै लागी यसरी चरणबद्ध रुपमा कार्यक्रमहरु सञ्चालन गरिएको सचिव राउतको भनाई छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …