संविधान दिवस : आँधीखोलामा साहसिक जलयात्रा शुरु (फोटोफिचर सहित) ।
राधाकृष्ण डुम्रे/स्याङ्जा
स्याङ्जाको पहिचानको रुपमा रहेको धार्मिक एवं पौराणिक किंवदन्तीसँग जोडिएको आँधीखोलामा आज साहसिक जलयात्रा गरिएको छ । ‘पहिला देश अनिमात्रै विदेश’ भन्ने मुल नाराका साथ नेपालको संविधान दिवसका अवसरमा वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा भीरकोट १ हेलुदेखि वालिङ १३ बायँटारीसम्म जलयात्रा शुरु गरिएको हो ।
संस्थाको अगुवाईमा विगतका वर्षमा पनि आँधीखोलामा सफल जलयात्रा गरिसकिएको संस्थाका कार्यबहाक अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिनुभयो । यसवर्ष पनि संविधान दिवसको अवसरमा दुई दिन कार्यक्रम सञ्चालन भईरहेको हो ।
संविधान दिवसका अवसरमा आयोजना गरिएको सहासिक जलयात्रालाई वालिङ नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । जलयात्र भोलि पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
फोटो फिचर – (प्रसुन सिंजाली मगर/राजकुमार गुरुङ/गणेश राउत)





समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


