उत्पादित बस्तुहरुको सहज बजार व्यवस्थापन गर्न वालिङका कृषकहरुको जोड ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर १ र १० मा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रियामा बोल्ने कृषक तथा उद्यमीहरुले आ—आफुनो समस्या तथा भोगाईहरुका बारेमा बोलेका थिए ।


वडाका उद्यमी तथा कृषकहरुले बिभिन्न उत्पादनमा बजारको समस्या भएको गुनाशो गरेका छन् । उनीहरुले बजारमा सहजै आफूर्ती नहुनुका साथै उचित मुल्य समेत पाउन नसकेको बताएका हुन् । कृषकहरु भन्छन, “जंगली जनाबरको समस्या त छदैछ तर पनि दुःखसँग उत्पादन गरेको बस्तुले बजार नपाउदा हामी निक्कै हतास हुनु पर्दछ ।”


उनीहरुले वालिङमा शुरु भएको परियोजनालाई सुझाव दिदै बजारको सही व्यवस्थापन गरिदिन आग्रह समेत गरे । वालिङ १ का व्यवसायी टिकाराम रेग्मी भन्नुहुन्छ, “ अति आवश्यक्ता परेको समयमा यो परियोजना वालिङमा शुरु भएको छ, यसले कृषकका मर्म र पीडा वुझोस्” । तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा अगाडि बढि रहेको मन्साङ्कोटका कृषक एक नारायण काफेले मल तथा बीउको समस्या रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यवसायमा निरन्तर लागि रहने बातावरण हुनका लागि आधारभुत आवश्यक्ताको नै खाँचो छ ।”
वालिङ १ खहरेमा भएको कार्यक्रममा बोल्दै वालिङ नगर पालिकाका प्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्लेले नगरपालिकाको प्रत्यक्ष नियन्त्रण,नियमन र निगरानीमा कार्यक्रम शुरु भएको जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा आवद्ध भई व्यवशायीक बन्न कृषक तथा अन्य उद्यमीहरुलाई आग्रह समेत गर्नु भयो ।
अध्यक्ष काफ्लेले समुन्नत नगर बनाउनको लागि अभियान सफल हुनमो विश्वास समेत व्यक्त गर्नु भयो ।


त्यस्तै वालिङ १० मा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनन्तराज गैह्रेले उद्यमीहरुको वडा बनाउने अभियानमा आफूहरु लागि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मासु,फलफुल तथा तरकारीमा आत्म निर्भर बन्दै गएको वडामा कार्यक्रम शुरु भए पछि सीप युक्त उद्यमीहरु बन्नेछन्।”
नगरलाई आर्थिक रुपमा सवल बनाउने लक्ष्य राखेर कार्यक्रम शुरु भएको भन्दै अध्यक्ष गैह्रेले भन्नु भयो, “समुन्नत नगर निमार्णका लागि आर्थिक रुपमा सबल बनाउन सवै नागरिकको साथ आवश्यक छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष एवं सुन्तला कृषक राजेन्द्र प्रसाद गैह्रेले कृषकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न सुझाब दिनुभयो ।

दुई वटै वडामा भएका कार्यक्रमहरुमा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले सहजीकरण गर्नु भएको थियो । उहाँले कार्यक्रमको उद्देश्य, महत्व र आवश्यक्ताका विभिन्न पक्षका बारेमा जानकारी गराउनु गराउनु भयो । भेलामा जनप्रतिनीधि,वडाका सरोकारवालाहरु, कृषक, उद्यमी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP