कांग्रेस जागरण : भीरकोटका ४ दर्जन मुस्लिमहरु काँग्रेसमा प्रवेश ।
एसिवशरण महत/भीरकोट :
स्याङ्जा क्षेत्र नं. १ अन्तरगत प्रदेश क को भीरकोट १ मा जागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य द्धय झुलबहादुर आले र राजु थापाले अग्रजको सम्मान गर्दै पार्टी भित्रका स–साना तिक्ततालाई आपसी सहभागितामा समाधान गरी सिंगो कागे्रस एक जुट भई अगाडि बढेमा मात्र पार्टीमा सुधार, लोकतन्त्रको रक्षा र देश विकास हुँने बताउनुभयो । साथै द्धय आले र थापाले वर्तमान सरकार दुई तिहाइ दम्भले मातिएको अवस्थामा दरो प्रतिपक्षी भुमिका निर्वाह गरी जनताको रक्षा र राष्ट्रियता जोगाउनुपर्र्नेे बताउनुभयो । कागे्रसका निर्माण गरेका निति र सिद्धान्तलाई कार्यान्वयनमा ल्याएका कुरा जनतामा प्रचारप्रसार नगर्नु नै काँग्रेसको हार भएको द्धोयको भनाई छ ।
कार्यक्रममा भीरकोटका मुस्लिम समुदायका करिव ४ दर्जन नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । प्रदेश ख का केन्द्रिय प्रतिनिधि तुल्सी नारायण श्रेष्ठ, गोविन्द कुमार कर्माचार्य,कार्यबहाक सभापति कुमार राना, क्षेत्र नं. १ का सभापति तुल्सी रेग्मी, महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य, उपप्रमुख सिमा केसी कमाचार्य, क्षेत्र नं. १ प्रदेश क का कोषाध्यक्ष ईन्दिरा केसी, प्रवेशी उदरत अलीलगायतले बोल्नुभएको थियो । क का सभापति रुकबहादुर क्षेत्रिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ओम भट्ट, सञ्चालन डिआर पोख्ररेल र धन्यवाद भीरकोट नगरप्रवक्ता एवं वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जामा तारजालीसहितको मतगणनास्थल तयार
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि…


