स्याङ्जा कांग्रेसको भातृसंगठन बीच अन्तरक्रिया ।
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिका १ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीवार बिभिन्न भातृसंगठनबीच अन्तरक्रिया गरिएको छ । कांग्रेसद्धारा जारी दोस्रो चरणको जागरण अभियान अन्र्तगत कांग्रेसका सबै भातृसंगठनका धारणा एवं राय सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रम गरेको हो ।

अन्तरक्रियापछिको कार्यक्रममा बाल्दै संबिधानसभा सदस्य झुलबहादुर आलेले केही प्राबिधिक कारणले नेपाली कांग्रेसले पराजय भोग्नु परेको बताउदै यसबाट शिक्षा लिएर आगामी दिनमा बिजय हुने सकारात्मक कार्यहरु गर्न गराउन सबै भातृ एवं मातृसंस्थालाई सुझाव दिनुभयो ।
नेपाली नागरिकका स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्रको पक्षमा बिभिन्न कालखण्डमा राणाशासनदेखि निरंकुश सासन ब्यवस्थालाई पराजित गर्दै आएको स्मरण गराउदै नेपाली कांग्रेसको नीति र सिद्धान्त बमोजिम अघि बढ्न उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि तुलसीराम श्रेष्ठ, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, कार्यवाहक सभापति कुमार राना, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महिला संघका सभापति कल्पना तिवारी लगायतले बिगतका तिक्तता बिर्सेर नया शिराबाट पार्टीलाई अघि बढाउनुको बिकल्प नरहेको उहाहरुको जोड छ ।
कार्यक्रममा महिला संघ, बिद्यार्थी संघ, तरुण दल, भूतपूर्व सैनिक संघ, मुस्लिम संघ, दलित संघ, जनजाती संघ लगायतका भातृसंगठनका प्रमुख तथा प्रतिनिधीहरुले आफना समस्याका बारेमा जानकारी एवं सुझाव दिनुभएको थियो ।
क्षेत्रीय सभापति जनकराज खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव डीआर पोखरेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


