पर्यटन क्षेत्रले मात्रै नेपालमा संबृद्वि ल्याउन सक्छ : मन्त्री लम्साल ।

आँधीखोला खबर/गल्याङ,भीरकोट : गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रले नेपालको सम्बृद्वि ल्याउन सक्ने भन्दै सबै मिलेर भ्रमण वर्षलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले गल्याङ नगरपालिकाका विभिन्न ठाउँहरु पर्यटनका लागि महत्वपूर्ण रहेको भन्दै यसलाई प्रचारप्रसार गर्न आफु कटिबद्व रहेको बताउनुभयो ।


मन्त्री लम्साललाई स्वागत गर्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले यस क्षेत्रको विकासमा मन्त्री लम्सालले उच्च प्राथमिकता दिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले गण्डकी प्रदेश मध्ये गल्याङमा सबै भन्दा बढि १७ वटा नमूना होमस्टेका लागि मन्त्री लम्सालको योगदान रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो ।

तस्वीर : चुत्र बहादुर महत/भीरकोट


त्यसै गरी आन्तरिक भम्रण वर्ष २०२० सफलताको शिलशिलामा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको धार्मिक तथा पवित्र स्थल छाङ्छाङदी शिव मन्दीरको दर्शन एवम अनुगमन गर्नुभएको छ ।
गण्डकी प्रदेश हरेक क्षेत्रमा अन्य प्रदेश भन्दा अग्रडी स्थानमा रहेको भन्दै प्रचुर सम्भावाना वोकेको. प्रदेश भएकाले नतिजा मुखी कार्य भैरहेको मन्त्री लम्सालले वताउनु भयो । भीरकोट नगरपालिकाको धार्मिक,पर्यटकीय,कृर्षी संग संगै उद्योग को विकासको लागी प्रदेश सरकार र स्थानीय सरकारको साझेदारी मा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने मन्त्री विकास लम्सालले वताउनुभयो । आन्तरीक पर्यटन वर्ष २०२० लाई सफल पार्न सवैले आ आफ्नो ठाउँवाट सहयोग गर्न समेत लम्सालले आग्रह गर्नुभयो ।
भीरकोट नगरपालिकालाई प्रदेश सरकारले विकास निर्माणका योजनामा सहयोग गरेकोमा धन्यवाद व्यक्क्त गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले भीरकोटका धार्मिक पर्यटकीय क्षेत्रको पहिचान गरी डिपिआर तयार पारीसकेको जानकारी गराउदै सो योजना कार्यान्व्यन को निम्त्ति प्रदेश सरकारले सहयोग गरीदिन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन योजना अधिकृत याम प्रसाद रेग्मीले, स्वागत नगर प्रमुख छायाराम खनालले र धन्यवाद मनत्व्य छाङ्छाङ्दी शिव मन्दीर छायाँक्षेत्रका अध्यक्ष पिताम्वर श्रेष्ठले गर्नुभएको थियो ।
मन्त्री लम्साललाई भीरकोट नगरपालिकाले नगरपालिकामा भव्य स्वागत तथा सम्मान समेत गरेको थियो ।

Facebook Comments Box
TOP