लियो क्लब अफ वालिङ सिटीद्वारा ग्रहौंसुर मन्दिरमा सरसफाई ।
आँधीखोला खबर/वालिङ :
लियो क्लब अफ वालिङ सिटीले प्रसिद्ध ग्रहौंसुर मन्दिरमा सरसफाई गरेको छ । ग्रहौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रमा रहेको मन्दिरमा सरसफाई गर्नुका साथै शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

क्लबका सदस्यहरुको सक्रियतामा मन्दिर परिसरमा सरसफाई गरेको क्लबका अध्यक्ष विदुषा बस्नेतले जानकारी दिनुभयो । सरसफाईपछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेश चियर पर्सन चेतनारायण श्रेष्ठले आध्यात्मिक सेवाले मानिसलाई नैतिक बन्धनमा राख्ने बताउँदै सामाजिक क्षेत्रमा अझै अग्रणी भूमिका खेल्न सुझाव दिनुभयो ।
कार्यक्रममा ग्रहौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँण, नेपाल शिक्षक संघ क्षेत्र नं २ का सभापति डण्डापाणी पंगेनी, नेविसंघ जिल्ला कोषाध्यक्ष धु्रब पंगेनी, नेविसंघ वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँण लगायतले बोलेका थिए ।
लियो क्लबका सहसचिव हरि रेग्मीको स्वगतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष विदुषा बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव पवन लम्सालले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


