लियो क्लब अफ वालिङ सिटीद्वारा ग्रहौंसुर मन्दिरमा सरसफाई ।

आँधीखोला खबर/वालिङ :
लियो क्लब अफ वालिङ सिटीले प्रसिद्ध ग्रहौंसुर मन्दिरमा सरसफाई गरेको छ । ग्रहौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रमा रहेको मन्दिरमा सरसफाई गर्नुका साथै शुभकामना आदान प्रदान समेत गरिएको थियो ।


क्लबका सदस्यहरुको सक्रियतामा मन्दिर परिसरमा सरसफाई गरेको क्लबका अध्यक्ष विदुषा बस्नेतले जानकारी दिनुभयो । सरसफाईपछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेश चियर पर्सन चेतनारायण श्रेष्ठले आध्यात्मिक सेवाले मानिसलाई नैतिक बन्धनमा राख्ने बताउँदै सामाजिक क्षेत्रमा अझै अग्रणी भूमिका खेल्न सुझाव दिनुभयो ।
कार्यक्रममा ग्रहौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँण, नेपाल शिक्षक संघ क्षेत्र नं २ का सभापति डण्डापाणी पंगेनी, नेविसंघ जिल्ला कोषाध्यक्ष धु्रब पंगेनी, नेविसंघ वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँण लगायतले बोलेका थिए ।
लियो क्लबका सहसचिव हरि रेग्मीको स्वगतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष विदुषा बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव पवन लम्सालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP