पत्रकार हमाल रिहा, महासंघद्वारा स्वागत
काठमाडौं, २४ भदौं । पत्रकार ओम हमाललाई सर्वोच्च अदालतको आदेश अनुसार आज रिहा भएका छन् । पत्रकार हमालकी श्रीमती मोनिका गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्

रिहा लगत्तै नेपाल बार एशोसियनको प्राङ्गणमा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैशीले पत्रकार हमाललाई सम्मान गरेका छन् । क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका जैशीले पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारहरुमाथि राज्य निरंकुश नबन्न र अनाहकमैं पत्रकारलाई पक्राऊ गरेर दुःख नदिन चेतावनी दिए ।
क्रान्तिकारी पत्रकार संगठनका सचिव र पोखराका स्थापित पत्रकार राजेन्द्र अधिकारीले संगठनका तर्फबाट पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारमाथिको ज्यादती तत्कालै रोक्न र आगामी दिनमा यस्ता गतिविधि नदोहो–याउन सरकारलाई आग्रह गरे ।
भदौ ८ गते नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जैशीले बन्दी प्रत्यक्षीकरण रिट उपर आदेश जारी गर्दै सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई पुनः पक्राउ गरी बुधबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो ।
उनलाई सर्वोच्चको आदेश विपरित पुनः पक्राउ गरेपछि पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको थियो ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


