वालिङ–१३ को हिमाल सहकारी सामाजिक कार्यमा अग्रसर हुदै ।

आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका वडा नं १३ झलुङ्गेमा साईबर क्राईम लागु औषध, आत्महत्या न्युनिकरण चाडपर्व सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र वडा प्रहरी कार्यालय वालिङको प्राविधिक सहयोग तथा प्रहरी चौकी थुमपोखराको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेर आफ्नो गाउँठाउँमा हुने कुनै पनि अपराध तथा घटनाको न्यूनिकरणमा सवै मिलेर अगाडि वढ्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय साईबर क्राईम, लागु औषध तथा आत्म हत्या जस्ता गतिबिधि वढ्दै गएको बताउदै त्यसको न्यूनिकरणमा सवैले जोड दिनुभपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “ समाजमा हुने विभिन्न विकृति विङ्गती बढेको छ, हामीले आफ्नो परिवारको अभिभावकत्व निर्वाह गर्न नसक्दा समस्या आएको छ ।”
उहाँले हरेक मानिसले समाजमा भएका नराम्रा कुरालाई निमूल पार्ने अभियानमा जुटन समेत आग्रह गर्नु भयो ।


कार्यक्रममा वालिङ नगरपालिका वडा नं १२ का अध्यक्ष दान बहादुर गुरुङ,मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नेम बहादुर गुरुङ,वालिङ उद्योग वाणिज्य संघका सदस्य इश्वरी प्रसाद गैह्रे, उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बायाटारी उपशाशाखाका प्रबन्धक झलक नारायण पाण्डे, संस्थाका निर्वतमान अध्यक्ष विष्णु प्रसाद गैह्रे लगायतले समृद्व समाज निर्माणका लागि हरेक व्यक्ति लाग्नु पर्ने बताए ।


कार्यक्रममा संस्थाका प्रबन्धक बुद्विसागर गैह्रेले संस्थाको गतिविधि तथा कार्यक्रम माथि प्रकाश पादै सहकारीले बचत तथा ऋणका कार्यक्रम मात्र नगरी यस्ता संचेतनामुलक कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं १२ ,१३ र गल्याङ नगरपालिका आसपासका नागरिकहरुको सहभागिता रहेको थियो ।
हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद डुम्रेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका लेखा संयोजक पारिश्वर न्यौपानेले र कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेम पराजुलीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP