गरिमा विकास बैंकद्वारा वालिङ साना शहरी खानेपानीलाई फिल्टर सहयोग ।
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङबाट स्थापना भएको गरिमा विकास बैंक लिमिटेडले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई फिल्टर सहयोग गरेको छ ।
गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख आर्थिक सहयोग गरेको र सोही रकमले खानेपानी फिल्टर खरिद गरी शुक्रबार उद्घाटन गरिएको हो ।
वालिङ १० फूलबारीमा रहेको खानेपानी ट्याङ्कीमा हालै जडान गरिएको फिल्टरको उद्घाटन गर्दैै नगर प्रमुख दिलिपप्रताप खांँणले बैंकले पानी शुद्धीकरणका लागि फिल्टर सहयोग गरी वालिङबासी उपभोक्ताहरुलाई स्वच्छ र सफा पानी उपभोग गर्ने कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वालिङ साना शहरी खानेपानीलाई ब्यवस्थित गर्नका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप ब्यवस्थित गर्दै लगिने बताउनुभयो ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बराल, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल लगायतले बोल्नुभएको थियो । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष चोपनारायण श्रेष्ठ, सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्याल र धन्यवाद पूर्व मेयर तथा मदीखोला खानेपानी योजनाका संस्थापक अध्यक्ष लालचन्द्र गैह्रेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


