कांग्रेसको दोश्रो चरणको जागरण अभियान सुरु, सरकार गलत बाटोमा हिड्यो श्रेष्ठ ।

भवानी अधिकारी/स्याङजा :

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन मंगलबारदेखि दोस्रो चरणको अभियानको जागरण अभियान देशैभर शुरु भएको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथ आजबाट शुरु भएको दोस्रो चरणको जागरण अभियान हरेक प्रदेश सभामा सुरुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३ सय ३० जना प्रतिनिधिलाई जिम्मेवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।

स्याङ्जामा पनिे आज भदौ २३ वीपी जन्मजयन्ती पारेर दोश्रो चरणको जागरण अभियान थालनी भएको छ । केन्द्रीय कार्यालयको निर्दैशन बमोजिम एक सय ६ वटा विरुवा रोपेर र स्थानीयबासीका गुनासा सुनेर अन्र्तक्रिया गर्दे जागरण अभियान थालनी गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सो कार्यक्रमको उदघाटन गर्दै सरकारका गलत गतिबिधी एवं भ्रष्टाचारका बारेमा स्थानीय नागरिकसमक्ष जानकार गराउने प्रमुख एजेण्डा रहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत हुनु भएका श्रेष्ठले बहुमत प्राप्त सरकार जनचाहना अनुरुपका विकास नगरी गलत बाटोमा डिडेको बताउनुभयो ।

नेपाली कांग्रेस स्याङ्जाद्धारा मंगलबार क्षेत्र नं. १ अन्र्तगत प्रदेश ख पुतलीबजार नगरपालिका ३ मा आयोजित वीपी जयन्ती, बिरुवा रोपण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता श्रेष्ठले वाईडबडी काण्ड, निर्मला बलात्कारपछिको हत्या काण्ड, ३३ किलो सुन, एनसेन प्रकरणलाई सरकारले नै सार्वजनिक गर्न नचाहेको बताउदै सरकार दिनप्रतिदिन अलोकप्रिय बनेको बताउनुभयो ।


कार्यक्रममा संबिधानसभा सदस्य झुलबहादुर आले, जागरण अभियानका केन्द्रीय प्रतिनिधी तुलसीनारायण श्रेष्ठले पार्टीभित्र रचनात्कम बिचार विमर्शका लागि गुटउपगुट आवश्यक रहेको बताउदै अस्वस्थ्य गुपउपगुटको अन्त्य गर्दै लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै कांग्रेसजनहरु एक हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । साथै, उनीहरुले धेरै सुन्ने र थोरै बोल्ने अभियानको मुल उदेश्य रहेको जानकारी गराउनुभयो । .

कार्यक्रममा प्रदेश ख सभापति जनकराज खनाल, उपसभापति श्रीराम उपाध्याय, सदस्य सीता गोदार लगायतले नेपाली कांग्रेसका कार्यकर्ताप्रति नेकपा सरकारको वक्रदृष्ट्रि लगाउदै बिना कसुर बिभिन्न बहाना बनाउदै कानुनी कारवाही गर्ने, बिभिन्न वहानामा राजश्व लिने, राज्यका सेवा सुबिधामा समेत बिभेद गर्ने गरेको सुनाउनुभयो । गोदार गाउँमा रहेको सार्वजनिक स्थलमा कार्यक्रमका सहभागीले आज १ सय ६ वटा बिरुवा रोपेका थिए । यसैगरी, मंगलबार पहिलो दिन क्षेत्र नं. १ तर्फ पुतलीबजारको वाडखोलामा, बिरुवा र क्षेत्र नं. २ तर्फ वालिङ र गल्याङमा बिबिध कार्यक्रमगरी वीपीको स्मरण गरिएको छ । .

Facebook Comments Box
TOP