काँग्रेसको जागरण मंगलबारदेखि-स्याङ्जामा वाडखोला, वालिङ, गल्याङ् र विरुवामा एकै पटक शुरु ।

आँधीखोला खवर/स्याङ्जा :
नेपाली कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको जागरण अभियान संचालन गर्दै छ । जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका अवसरमा दोस्रो चरणको जागरण अभियान सुरु गर्न लागिएको हो ।

जनता, मतदाता र पार्टीका सबै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरु बिच जिवन्त समपर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सदृढ पार्ने उद्देश्यले केन्द्रीय समितिको निर्णय बमोजिम जागरण अभियान संचालन गर्न लागिएको हो ।
जागरण अभियान भदौ २४ गतेदेखि असोज ७ गते सम्म संचालन हुने नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति वुद्धिवहादुर राना कुमारले जानकारी दिए । जागरण अभियानको पहिलो दिन भदौ २४ गते हरेक निर्वाचन क्षेत्रका प्रदेश निर्वाचन क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर अभियानको शुभारम्भ गरिँदै छ । भने जागरण असौज ७ गते समापन गरिने छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…