विप्लव कार्यकर्तालाई अदालतले छाड्यो, प्रहरीले फेरी समात्यो ।
भवानी अधिकारी/स्याङ्जा :
साधारण तारेखमा छाड्ने आदेश भएपछि अदालतको गेटबाट बाहिरिएका गोकुल पराजुली, गोविन्द ओली र सागर अर्याललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) समुहको आरोपमा उनीहरु लगायत मिसिरी नेपालीलाई पनि उच्च अदालत पोखराले साधारण तारेमा छाड्ने आदेश दिएको थियो । विगत केही महिनादेखि उनीहरु स्याङ्जा कारागारमा बस्दै आएका थिए ।

फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्पोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
सोही आरोपमा जिल्ला अदालतले एनसेल टावरमा बिष्फोट गराएको भन्दै जनही २ लाख २० हजार र नक्कली बमबाट अतंकीत र चन्दा असुलको शिर्षकमा २ लाख धरौटी माग गरेको थियो । जनही ४ लाख २० हजार रुपैंया बुझाउन नसक्ने जनाएपछि उनीहरु कारागार चलान भएका थिए । चारजनाबाट १६ लाख ८० हजार रुपैया सहित अदालतबाट अवैधरुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपुर्ति सहितको माग थियो ।
अदालतको सो निर्णय उपर उनीहरु उच्च अदालत पुगे । उच्च अदालतको आदेश बमोजिम उनीहरुलाई शुक्रवार शुद्ध साधारण तारेमा छाड्ने निर्णय भए बमोजिम स्याङजा अदालत परिसरबाट निस्के पनि मुलगेटमा रहेका प्रहरीले पक्राउगरी कास्की लगेको बताईएको छ ।
कास्की पोखरा महानगरपालिका निवासी जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका गोविन्द ओलीलाई र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याल कास्की लगिएको छ भने वालिङ नगरपालिका छाप्राककी मिसिरा नेपाली (सार्की)लाई भने आफनै घर फर्केको बताइएको छ ।
प्रहरीले बिना पक्राउपूर्जी आफुहरुलाई समातेको भन्दै उनीहरुले पक्राउपूर्जी माग गर्दै आपत्ती जनाए । समातेर भ्यानमा राख्ने क्रममा सरकार बिरुद्ध नारा लगाएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


