वालिङमा तिजमेला तथा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न ।
आँधीखोला खवर/वालिङ :
वालिङमा तिजमेला तथा खुल्ला तिजगीत प्रतियोगिता सम्मपन्न भएको छ । वालिङ उद्योग बाणिज्य संघ—महिला उद्यमी विकास समितिको आयोजनामा भएको कार्यक्रममा वालिङमा उत्पादन भएका विभिन्न वस्तुहरुको प्रदर्शन समेत गरिएको थियो ।

मेलाको उद्दघाटन गर्र्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले नेपालका धर्म संस्कृति र संस्कारले नै नेपालीलाई गौरव दिलाएको बताउनु भयो । उहाँले तीजको आफ्नै विशेषता रहेको भन्दै यसलाई मौलिक रुपमा नै मनाउनु पर्नेमा जोड दिनुभयो । महिला उद्यमीका क्रियाकलापको प्रशंसा गर्दै प्रमुख खाँणले उद्यमशीलता बिना आर्थिक प्रगती हुन नसक्ने स्पष्ट पार्नु भयो ।कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपाध्यक्ष दिलिप बगाले, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी लगायतले भनाई राखेका थिए ।
कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले संस्कृतिको संरक्षणसँगै महिलाहरुलाई उद्यम तर्फ लाग्न प्रेरणा जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

४८ समुहको सहभागिता रहेको प्रतियोगितामा राम्चेदेवी आमा समुह प्रथम भएको छ भने ज्वाला देवी आमा समुह द्धितिय भएको छ । यसैगरी प्रगतीशिल आमा समुह र गौरीखोला आमा समुह क्रमश तृतिय र सान्त्वना भएका छन् ।
प्रथम,द्धितिय, तृतिय तथा सान्त्वना हुने समुहलाई क्रमश १५ हजार,१२ हजार,९ हजार र ४ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा पाँचौ हुने व्याङतुङ आमा समुहलाई केम्वर बहादुर विक ले छैठौ हुने बहुउद्देश्यीय आमा समुहलाई राजु विकले व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्नु भएको थियो । नृत्य तर्फ सहभागीहरु मध्ये उत्कृष्ट नृत्यको लागि वालिङमा रहेको स्वस्तिक बैदिक हस्तकला उद्योगले पुरस्कार उपलव्ध गराएको आयोजकले जनाएको छ ।
महिला उद्यमी बिकास समितिका अध्यक्ष कविता भुषालको सभापतित्वमा सम्पन्न भएको औपचारिक कार्यक्रममा स्वागत उपाध्यक्ष मन्जु केसी र सञ्चालन सचिव तारा तिवारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


