न्यायिक समितीले मेलमिलापकै आधारमा धेरै मुद्धा किनारा लगायो–उपप्रमुख तिवारी ।
आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिका न्यायिक समितीका संयोजक तथा उप प्रमुख कल्पना तिवारीले स्थानीय सरकारका तीनवटा अंगको कार्य सम्पादन प्रभावकारी भएमा मात्रै शुसासनको प्रत्याभूती प्राप्त हुने बताउनु भएको छ । उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सम्वन्धले नै स्थानीय सरकारले सफलता र असफलता लुकेको स्पष्ट पार्नु भयो ।
वालिङ नगरपालिकामा आज आयोजित प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले आयोजना गरेको सामुदायिक मेलमिलाप सेवा वारे अभिमुखिकरण कार्यक्रममा वोल्दै तिवारीले वालिङ नगरपालिकामा न्यायिक समितीले मेलमिलापकै आधारवाट नै धेरै मुद्दा किनारा लगाएको जानकारी दिनुभयो । स्थानीय सरकार सन्चालन ऐनको दफा ४७ को धारा १ र २ ले व्यवस्था गरे अनुरुप न्याय सम्पादन गरिरहेका वताउदै उपप्रमुख तिवारीले न्याय दिलाउनु भन्दा नागरिकले न्याय पाइयो भन्ने महशुस भयो भने मात्र सहि न्याय सम्पादन हुने हुँदा वालिङ नगरपालिकाले पनि सोही अनुरुप बिवाद समाधान गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो ।
प्राकृतिक न्यायको सिद्धान्तलाई अंगिकार गर्दै विवाद समाधानमा कसैले जितेको र कसैले हारेको भन्ने महशुस हुन नदिइ वालिङ नगरपालिकाले दुवै पक्षको जित महशुस हुनेगरी न्याय सम्पादन गरेको जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, नगर प्रवक्ता केदार काफ्ले, लगायतले वोलेका थिए ।
द एसिया फाउण्डेशनले स्थानीय सरकार सवलीकरणमा गरेको सहयोग अन्तरगत प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सोमवारवाट वालिङ नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप सम्वन्धी तालिम प्रदान गर्ने कार्यक्रम समेत आयोजना गरिएको वालिङ नगरपालिकाले जनाएको छ । प्रत्येक वाडका ३० जनालाई मेलमिलाप सम्वन्धी तालिम दिने वालिङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चुपवहादुर थापाले सहजीकरण गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…