वडा–वडामा खेलमैदान तथा पूर्वाधारहरु निर्माण गर्छौं : नगर प्रमुख खाँण ।
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले प्रत्येक वडाहरुमा खेलमैदान तथा खेलकुदका पूर्वाधारहरु निर्माण गर्दै लगिने बताउनुभएको छ ।

कागतीभञ्ज्याङ शिवालय युवाक्लब वालिङ ११ तल्लो पेखुको आयोजनामा बिहीबार प्रथम साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले खेल क्षेत्रको विकास तथा आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
“खेलकुदलाई अब ब्यवसायिकरुपमा अगाडि बढाउनु आवश्यक छ” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यवसायिकताले मात्रै यस क्षेत्रमा खेलाडीहरु अझ आकर्षित हुने भएकाले नगरपालिकाले वालिङमा स्पोटस् एकेडेमी बनाउने योजनामा रहेको छ ।”
उद्घाटन समारोहमा वालिङ ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले खेलकुदलाई अझै ब्यवस्थित तरिकाले सञ्चालन गर्ने र भौतिक पूर्वाधारहरु निर्माण योजनामा रहेको बताउनुभयो ।
कार्यक्रममा पृथ्वी राजमार्ग यातायात कम्पनी वालिङका प्रमुख बिमल अर्याल, समाज सुधार आमा समूह अध्यक्ष राममाया थापा, समाजसेवीहरु ढालबहादुर खाँण, शिबबहादुर थापा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले नगद २० हजार, १० हजार र ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सुनिता रानाको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह क्लबका अध्यक्ष लक्ष्मण सारुको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन आनन्दकुमार खाँणले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


