अधिकार खोज्न मात्र होइन सक्षम बन्ने तर्फ पनि लागौं : मन्त्री अर्याल ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले महिलाहरु अव अधिकार भन्दा पनि सक्षम बन्ने तर्फ लाग्न आग्रह गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी वालिङ नगर कमिटी महिला विभागको आयोजनामा मौलिक तिज विशेष तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भन्नुभयो, “अधिकारका निम्ति लडेको हाम्रो आन्दोलन सकियो अब आत्मनिर्भर र सक्षम बन्ने बेला आएको छ ।” मुलुक जोगाउन नेपाली महिलाहरुको भुमिका महत्वपूर्ण रहेको औल्याउदै मन्त्री अर्यालले मौका पर्दा विरता देखाएका महिलाहरुले नेतृत्व लिन सक्षम भएको जिकिर गर्नुभयो । महिलाको जिवन परिवर्तन र अधिकार प्राप्त गर्न नेपाली महिलाले लडेको स्मरण गर्दै अब महिलालाई सक्षम र सामाजिक कार्यमा अग्रसर हुने बेला आएको मन्त्री अर्यालको भनाई थियो ।


नेपाली महिलाहरुले मनाउदै आएको तिज पर्वलाई भड्किलो भन्दा पनि सरल तरिकाले मनाउन उहाँले नेपाली महिलाहरुलाई आग्रह गर्नुभयो । तिज पर्व नेपाली महिलाहरुको दिवस भएको भन्दै यसको सदुपयोग गर्दै नेपाली समाजलाई योगदान दिने खालका काम गर्न मन्त्री अर्यालले सबै दिदिबहिनीहरुलाई सुझाउनु भयो । समावेसी र समानताको अधिकारका लागि लडाई ग¥यौ मन्त्री अर्यालले भन्नुभयो,“यही लडाईले संघिय, प्रदेश र स्थानीय सरकारमा महिलाहरुले नेतृत्व गर्ने अवसर आयो ।” नेपाली महिलाले नेतृत्व गर्न सक्छन् भन्ने क्षमताको विकास गरेर अगाडि बढ्नुपर्छ मन्त्री अर्यालले भन्नुभयो । सरकारले नेपाली महिलाहरुको क्षमता अभिवृद्धि, आत्मनिर्भर बन्ने कार्यक्रमहरु घरदैलोमा पठाएको भन्दै स्थानीय सरकार सगँ आफ्नो अधिकारका लागि आएको कार्यक्रम खोज्न आग्रह गर्नुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मी, जिल्ला समन्वय समितिका अध्यक्ष सीता सुन्दास, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, कल्पना शर्मा, तारा शर्मा लगायतका बक्ताहरुले महिलाहरुको ठुलो चाड तिज पर्वमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वालिङ नगरपालिका भित्रका विभिन्न आमा समुह, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम मन्जु केसीको सभापतित्व र सीता पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box
TOP