गरिवी निवारणको लागि दीगो उत्पादन वृद्धि अपरिहार्य-नगरप्रमुख खाँण ।
आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले गरिवी निवारणको लागि दीगो रुपमा उत्पादन वृद्धि हुनु अपरिहार्य रहेको बताउनु भएको छ । वालिङ नगपालिकामा शुरु भएको “सिप, तालिम, कृषि तथा उद्यम विकासद्धारा आर्थिक शसक्तीकरण” परियोजनाका कर्मचारीहरुलाई निर्देशन दिदै नगर प्रमुख खाँणले भन्नुभयो “स्थानीय स्तरमा नै दीगो उत्पादन बढाउन जरुरी छ ।” दीगो आर्थिक विकासको लक्ष्य प्राप्त गरी स्वरोजगार बनाउनु अहिलेको आवश्यक्ता भएको भन्दै प्रमुख खाँणले नगरपालिकाले स्थानीय श्रोत साधनको उच्चतम प्रयोगलाई जोड दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाको संवृद्धि र दीगो विकासको दक्ष जनशक्तिको उत्पादनमा हाम्रो ध्यान केन्द्रीत रहेको छ ।
विकास नै चेतना भएको स्पष्ट पार्दै नगरप्रमुख खाँणले भन्नुभयो, “घरको कमाई भन्दा खर्च धेरै हुने प्रवृत्तिको अन्त्य गर्न नगरपालिकाले हरेक नागरिकलाई उत्पादनमा जोड्ने प्रयास शुरु गरेको छ । ”

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियोलो स्याङ्जाको साझेदारीमा कार्यक्रम शुरु भएको हो । सो अवसरमा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कार्यक्रमका विभिन्न पक्षका बारेमा कर्मचारीहरुलाई जानकारी गराउनु भएको थियो ।
यसअघि परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले लक्ष्य प्राप्तीको लागि आफूहरुले योजना बनाई काम शुरु गरेको जानकारी दिनुभयो । परियोजनाले जडिवुटी, पशुपालन, साना तथा घरलु उद्यमको प्रवद्र्धन तथा अर्गानिक तरकारी उत्पादन गर्नको लागि प्रेरित गर्ने जानकारी दिदै अध्यक्ष गैह्रेले भन्नुभयो, “नविनतम उद्यमशिलताको सृजना गर्ने नगरपािलकाको अभियान सफल हुने स्पष्ट पार्नु भयो ।”

कार्यक्रममा परियोजनाका विभिन्न पक्षका बारेमा युएसएआईडी सुआहारा कार्यक्रमका अधिकृत झवनाथ बश्यालले जानकारी गराउनु भएको थियो । दियालो संस्थाका बोर्ड सदस्य सीता पंगेनी,अधिकृत रेश्मीलाल न्यौपाने लगायतले बोलेका थिए ।
परियोजनाका लागि वालिङ नगरपालिकाका १४ वटै वडाका लागि पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने काम शुरु भएको छ ।

समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


