सडकलाई सुरक्षित गराई दुर्घटना न्यूनिकरण गर्छौं : नगर प्रमुख खाँण ।
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सडकलाई सुरक्षित गराई दुर्घटना न्यूनिकरणमा नगरपालिकाले विशेष चासो दिएको बताउनुभएको छ ।
विगतका वर्षको तुलनामा यसवर्ष वालिङ नगरभित्रका सडकहरुमा सवारी दुर्घटना भई ज्यान गुमाउनेको संख्या नगन्य भएकाले पनि दुर्घटना न्यूनिकरण अभियानलाई अझै प्रभावकारी तबरले अगाडि बढाउने गरी कामहरु भैरहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङमा आज नगरस्तरीय यातायात ब्यवसायी उपसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले नगरभित्रका ग्रामीण सडकहरुलाई स्तरोन्नति गरी सुरक्षित बनाई र दुर्घटना न्यूनिकरणमा जोड दिईएको बताउनुभयो ।
“सडक दुर्घटनामा परी मान्छेले ज्यान गुमाउनु संवेदनशील कुरा हो” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरभित्रका सडकहरुलाई सुरक्षित बनाउनु नगरको कर्तब्य हो त्यो हामी बनाउँछौं साथै दुर्घटना न्यूनिकरणका लागि निरन्तर अनुगमन पनि गर्छौं ।”
नगर प्रमुख खाँणले वालिङ नगरपालिकाको सीमा भित्रका सिद्धार्थ राजमार्ग बाहेकका कच्ची तथा पक्की सडकहरुमा नगरपालिकाले रुट परमिट दिएर निश्चित भाडादर निर्धारण गर्ने र यातायात क्षेत्रमा आएका गुनासोहरुलाई ब्यवस्थापन गर्दै जाने बताउनुभएको छ ।
स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकामा दिन प्रतिदिन सवारी साधनहरुको संख्या थपिंदै गएकाले पनि नगरपालिकाले ट्राफिक प्रहरी, यातायात कम्पनीहरुसँग सहकार्य गर्दै ब्यवस्थित बनाउने पहल भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।
ग्रामीण भेगहरुमा सञ्चालनमा आउने जीपहरुले मनपरी भाडा लिने गरेको गुनासो बारम्बार आईरहेकाले समय समयमा अनुगमन गरी भाडा समायोजन गर्नुपर्नेमा नगरस्तरीय यातायात ब्यवस्थापन उपसमितिका संयोजक एवं वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले बताउनुभयो ।
गत आर्थिक वर्षमा अघिल्ला वर्षहरुको तुलनामा सवारी दुर्घटना तथा घटनामा परी ज्यान गुमाउनेको संख्यामा कमि भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव निरीक्षक रेशमबहादुर रानाभाटले बताउनुभयो ।
ट्राफिकले दुर्घटना न्यूनिकरणका लागि समुदाय तथा विद्यालयहरु र सडकमै समय समयमा प्रशिक्षण एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि दुर्घटनामा कमि आएको ट्राफिक प्रमुख रानाभाटको दाबी छ ।
सोही कार्यक्रममा वालिङमा ब्यवस्थित पार्किङ स्थल बनाउने, ग्रामीण भेगहरुमा छुट्ने जीप तथा अन्य सवारी साधनहरुको समय तालिका बनाउने, भाडादर समायोजन गर्ने, यातायात सेवा कार्यालय वालिङमा ल्याउनका लागि सिफारिस गर्न नगर कार्यपालिकासमक्ष अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …