देश समृद्ध बनाउनका लागि भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्य गर्नुपर्छ : नेता गुरूङ
नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य धनराज गुरूङले देश समृद्ध बनाउनका लागि भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय, चितवन रामपुर ईकाई समितिद्वारा आयोजित बृहत् बिदाई तथा सम्मान कार्यक्रमकम बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
नेबिसंघ कृषी तथा वन बिज्ञान विश्वविद्यालय रामपुर चितवनको कार्यक्रममा उहाँले भन्नुभयो ‘राजनीतिक दलका भ्रष्ट नेताहरु परजीवी हुन् । जसले गरीब जनताको रगत र पसिना चुसेर जनतालाई दुख दिइरहन्छ। त्यस्ता परजीवी भ्रष्ट नेताहरुलाई जेल नहालेसम्म जनताले सुख पाउँदैनन्।’
साथै उहाँले मधेस र पहाडलाई दुई आँखा को रुपमा समेत दाँज्दै सदाचारको बाटो हिँड्न प्रेरित गर्नुभयो । उहाँले यहि सदाचारले मात्र देश अगाडि बढ्ने कुरा पनि बताउँदै कार्यक्रममा सहभागी विद्यार्थीलाई आफूले सिकेको कुरा सदुपयोग गरी राष्ट्र निर्माणमा जुट्न समेत प्ररित गर्नुभयो ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…