कार्यबाहक सभापति राना परिवारलाई भेट्न देउवा ,लगायत प्रभावशाली नेता स्याङ्जामा ।
भवानी अधिकारी /स्याङ्जा :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका कांग्रेसका प्रभावशाली केन्द्रीय नेताहरुले टोपबहादुर रानाको निधनप्रति दुख ब्यक्त गर्न र शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्नुभएको छ ।

नेपाली काग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) का पिता टोपबहादुर रानाको ७७ बर्षको उमेरमा ९ दिन अघि निधन भएको हो । दिवंगत आत्माप्रति चिरशान्तिको कामना गर्दे सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति एवं केन्द्रीय सदस्य द्धय गोपालमान श्रेष्ठ र गणेशमान सिंह श्रेष्ठ, केन्द्रीय सदय द्धय शंकर भण्डारी र धनराज गुरुङ् लगायतको समूहले राना परिवारलाई शुक्रवार भेटवार्ता गर्नुभएको हो ।

यसैगरी, गण्डकी प्रदेश सदस्यहरु भागवतप्रकाश मल्ल र मेखलाल श्रेष्ठ, महिला नेतृ हिरादेवी शर्मा, जिल्ला सदस्य शोभा गैहै्र, पृथ्वीप्रसाद पोखरेल, क्षेत्रीय सभापति इश्वर खांण, नेकपाका जिल्ला अध्यक्ष सुरज शर्मा गैह्रै (पारस) लगायतको समूहले राना परिवारलाई भेट गर्नुभएको थियो ।

पुतलीबजार नगरपालिका ४ निवासी रानाको उपचारत अवस्थामा निधन भएको हो । उनी झण्डैं डेढ बर्षदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । स्व रानाका एक श्रीमती, २ छोरा, २ बुहारी र २ छोरी, नाती नातिना छन् । भारतीय सेनाबाट निबृत्त राना नेपाली कांग्रेसको कुशल संगठक एवं क्रियाशिल सदस्य हुनुहुन्थ्यो ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


