सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा : महामन्त्री कोइराला ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंशाङ्क कोइरालाले कम्युनिष्ट सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

नेपाल महिला संघको ७२ औं स्थापना दिवस एंव संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा महिला संघ स्याङ्जाले प्रकाशन गरेको “शक्ति” नामक स्मारिका विमोचन, प्रशिक्षण एंव तिज विशेष कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलिय शासन चलाउने अभ्यास यो सरकारले गरेको आरोप लगाउनु भएको हो । सरकार भष्ट्रचार, हत्या हिंसा, बलात्कार र ठगी काण्डमा उद्त रहेको बताउदै महामन्त्री कोइरालाले सरकारले गरेका कुदृष्टिको विरोधमा उत्रन कार्यकर्तालाई आग्रह गर्नुभयो । कतै संविधान समाप्त पार्ने खेलमा सरकार लागेको त छैन महामन्त्री कोइरालाले भन्नुभयो,“लामो बलिदानी पुर्ण लडाईका साथ आएको संविधानको रक्षागर्ने जिम्मेवारी काँग्रेसमा आएको छ ।” काँग्रेसमा भएको गुट उपगुटका कारण कम्युनिष्ट सरकारले अधिनायकबाद लाद्ने बाटो अपनाएको छ कोइरालाले भन्नुभयो ।

काँग्रेसमा एकता नहुदा कम्युनिष्ट सरकारले देशलाई आक्रान्त बनाएको बताउदै आफु अन्तिम समय सम्म पार्टीलाई एक जुट बनाउन लागिपर्ने कोइरालाले बताउनु भयो । जनचाहना बिपरित सरकार चलेको भन्दै महामन्त्री कोइरालाले नेपाली जनताको बोल्ने स्वतन्त्रा, अधिकार खोज्ने स्वतन्त्रता माथी अंकुश लगाउने काम गरेको कोइरालाको आरोप थियो । नेपालगञ्जमा भएको गौ हत्याको विषयमा बोल्दै जसले गौ हत्या गरेको त्यो निन्दनीय कार्य भएको कोइरालाले बताउनु भएको छ । गौ हत्या गर्ने व्याक्तिलाई कारवाहि गर्न पनि कोइरालाले सरकारलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस भित्र मौलाउदै गएको व्याक्तिबादी गुटले काँग्रेस पार्टीलाई समाप्त पार्ने प्रति संकेत गर्दै महामन्त्री कोइरालाले त्यस्ता व्याक्तिलाई कारवाहि हुनुपर्ने जिकिर गर्नुभयो । व्यक्ति विचको प्रतिरोधमा पार्टीले कारवाहि गर्न नहुने तर्क राख्दै महामन्त्री कोइरालाले पार्टीको हित विपरीत काम गर्नेलाई भने नछाड्ने बताउनु भयो । स्याङ्जा काँग्रेसमा रिक्त रहेको सभापति पदको लागि छिट्टै टुङ्गो लाग्ने महामन्त्री कोइरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य गुरु घिमिरेले पाटीमा राम्रा भन्दा पनि हाम्रा बढी हावी हुने परिपाटी बस्न थालेको भन्दै यस्तो कार्य बन्द गराउन नेतृत्वले बेलैमा ध्यान दिनुपर्ने बताउनु भयो । काँग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार नहुँदा कम्युनिष्टहरुले प्रजातन्त्रको बारेमा सिकाउन थालेको घिमिरेको भनाई छ । जसले प्रजातन्त्रको लागि लडाई लड्यो, जसलाई त्यो लडाईको बारेमा थाहा नै छैन उसैले प्रजातन्त्र सिकाउन थालेको प्रति इंकित गर्दै केपी शर्मा र प्रचण्डलाई प्रजातन्त्रको बारेमा सिक्ने हो भने हामी सगँ आउने सचेत गराउनु भयो ।
कार्यक्रममा संविधान सदस्य शारदा पौडेल, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, संविधान सदस्य राजु थापा, पुर्व सांसद शंकरप्रसाद पाण्डे, महासमिति सदस्य भोजराज अर्याल, तुलसी गिरी, शिव कुमार गिरी, महिला संघ पुर्व केन्द्रिय सदस्य राजकुमारी गुरुङ्, महिला नेतृ अम्विका पौडेल र विद्यार्थी नेता खगेन्द्र भण्डारी लगायतका नेताहरुले काँग्रेसलाई एकतावद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका थिए । जिल्ला अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष देवी अर्याल, संचालन सचिव तारा मल्ल र धन्यवाद सचिव बन्दना लम्सालले गरेका थिए । कार्यक्रममा महिला संघमा योगदान पुर्याएका, शहिद पत्नी लगायतलाई सम्मान का साथै स्याङ्जा महिला संघले खेलेको भुमिका विषयक शक्ति नाम पुस्तक पनि विमोचन गरेको बताईएको छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…