विवादको साटो रोजौं मेलमिलापको बाटो ।
खगेन्द्र भण्डारी/स्याङ्जा :
देशमा स्थानिय तहको गठन र निर्वाचनपछि स्थानिय तहका उपप्रमुख र उपाध्यक्षहरु मेलमिलापकर्ताको रूपमा स्थापित भएका छन् । स्थानीय तहहरुमा भएका सामान्य विवाददेखि अनेकन विवादहरुलाई मिलाउन भन्दै स्थानिय तहलाई अधिकार निर्दिष्ट गरेको छ ।
स्याङ्गजाको वालिङ नगरपालिकाले शून्य विवादको मुख्य उद्देश्य राखेर वडास्तरिय मेलमिलाप अभिमुखिकरण कार्यक्रम आज वालिङ्ग नगरपालिका वडा न १३ मा सम्पन्न गरेको छ । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहयोग र वालिङ नगरपालिकाको आयोजनामा नगरपालिकाले १४ वटै वडामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले सामाजिक विवाद र समस्याको समाधान मेलमिलापबाट नै हुने बताईन् ।साथै उनले नगरपालिकाका नागरिकहरुलाई सर्वसुलभ र न्यायोचित मेलमिलापको उद्देश्य अनुसार यस्तो कार्यक्रम ल्याइएको जानकारी दिइन् । उनले भनिन् कानुनको अज्ञानताका कारण अपराध क्षम्मे नहुने भन्दै आगो लाग्न ठूलो कुरा केही चाहिदैन सानो झिल्कोले नै लाग्छ त्यस्तै सानो कुरामा झगडा भएर बिकराल रुप लिने हुदाँ मेलमिलापबाट नै सबै झगडा र विवादको समाधान हुने हुदाँ मेलमिलाप गर्न सिक्नुपर्ने बताइन् ।
कार्यक्रममा नगर प्रवक्ता एवम् वालिङ नगरपालिका वडा न १ का वडाध्यक्ष केदार काफ्ले,वडा न १३ का अध्यक्ष आनन्द पाठक , नेपाली कांग्रेस वालिङ १३ का सभापति पारिस्वर न्यौपाने लगाएतले नगरपालिकाको मेलमिलाप नीतिको बारेमा प्रस्ट्याउदै यसको आवश्यकता दर्शाएका थिए । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता सिताराम पौडेलले सहजीकरण गरेको कार्यक्रममा नगरपालिकाका १४ वटै वडामा गर्न लागिएको वालिङ नगरपालिकाका कानुन शाखा प्रमुख नरबहादुर पौड्यालले जानकारी दिए ।
वडा न १३ का अध्यक्ष आनन्द पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडासचिव खुमकान्त शर्मा र संचालन वालिङ् नगरपालिकाका सहायक महिला बिकास निरीक्षक अनुस्का काफ्ले गरेका थिए ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …