कमल पंगेनीको स्मृतिमा अनाथ बालबालिकालाई राहत सामाग्री प्रदान ।

आँधीखोला खवर/काठमाडौं :
नेपाल विधार्थी संघ स्याङ्जा—काठमाण्डौं सम्पर्क समितिले कांग्रेस स्याङ्जाका तत्कालिन पार्टी सभापती कमलप्रसाद पंगेनीको पहिलो स्मृति पारेर अनाथ, असहाय वालबालिकालाई लत्ता कपडा, शैक्षिक र खाध सामाग्री वितरण गरेको छ ।

काठमाण्डौंको कालिका बाल विकास केन्द्र, चन्द्रागिरी वडा नं १२, पुरानो नैकापमा कांग्रेसका पुर्व उपसभापति एवं नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपस्थितमा सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा अनाथ वालबालिकालाई ट्रयाक—सुट सेट, टिसर्ट कपडा,चप्पल,जुत्ता, चामल,दाल,तेल जस्ता खाधान्न सामाग्री र सबैलाई कापी कलम लगायतका स्टेशनरी सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेता श्रेष्ठ, नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले , संस्थाका संचालक ज्ञानुदत्त भट्ट र कांग्रेस वडा सभापति केपि पौडेल लगायतले बोलेका थिए । दिवंगत पंगेनीको राजनैतिक जीवन र योगदानका बारेमा चर्चा भएको स्मृति कार्यक्रममा सामाजिक, रचनात्मक कार्यक्रमहरु गरेर सम्पर्क समितिल अझ सशक्त र जागरुक बनाउने प्रतिबद्धता नेविसंघ स्याङ्जा-काठमाण्डौ सम्पर्क समितिका सभापति क्षेत्रीले व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश सभा उम्मेदवार एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी विष्णु पौडेल, महासमिति सदस्य महिला संघ केन्द्रीय सदस्य माया राना, नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डे,चन्द्रागिरी—१२ का निर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठ, बौद्धिक नेता चिरन्जिवी भण्डारी, नेपाली कांग्रेस युवा नेता रमेश रायमाझी, पुर्व सम्पर्क सभापति दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेविसंघ स्याङ्जा-काठमाण्डौ सम्पर्क समितिका उपसभापति नवराज पौडेलले गर्नु भएको थियो ।




समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…