सरकार असफलता तिर धकेलियो कांग्रेस सभापति देउवा, स्वर्गीय कमल पंगेनीको पहिलो स्मृति ।
आँधीखोला खवर/स्याङ्जा :
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार असफलता तिर धकेलिएको बताउनुभएको छ । नेपाली काग्रेस स्याङ्जा सभापति स्वर्गीय कमल प्रसाद पंगनीको प्रथम स्मृति सभा तथा स्मारिका बिमोचन कार्यक्रममा सभापति देउवाले सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार सबै अधिकारलाई कुण्ठित पार्दै दुई तिहाईको दम्भ देखाएको आरोप लगाउनुभयो । सरकार बेथिति र भ्रष्ट्रचारमा लिप्त रहेको बताउदै देउवाले सरकार काण्डै काण्डले घेरिएको र संविधान विरुद्ध लागेको आरोप समेत लगाउनु भयो ।
कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउदै सभापति देउवाले संविधानको अक्षरस पालनाको पक्षमा काग्रेस रहेको स्पष्ट पार्नु भयो उहाँले कांग्रेसको संविधान कार्यान्वयन तथा संरक्षणमा महत्वपुर्ण भुमिका रहेको दावी गर्नु भयो ।
वर्तमान अवस्थामा कांग्रेस प्रमुख प्रतिपक्षीको भुमिकामा रहेको बताउदै सभापति देउवाले सरकारको राम्रा काममा सर्मथन र मुलुकलाई अहित हुने काममा खबरदारी गरि रहेको बताउनुभयो ।
स्व पंगेनी प्रति स्मरण गर्दै उहाँले युवा एवं कर्मठ नेता पार्टीले गुमाएको बताउदै राम्रा कामले मात्रै स्व. पंगेनी प्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।
यस्तै केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले कांग्रेस स्याङ्जामा कमल पंगेनीको अभाब खड्किएको बताउनु भएको छ । पंगेनीको निधनका कारण काग्रेस मजबुद हुन नसकेको बताउदै श्रेष्ठले यहाँको बिकासमा काम गरेका कारण लोकप्रिय बनेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य धनराज गुरुङले स्व. पंगेनी प्रत्येक जनताको मन मस्तिष्कमा रहेको बताउदै उहाँका सपनामा ध्यान दिनुपर्ने बताउनुभयो ।
स्व. पंगेनी देश र समाज विकासका लागी समर्पित नेता भएको स्मरण गर्दै गुरुङ्ले जंल, जमिन र जंगलको सही सदुपयोग गर्नुपर्ने उहाँका भनाईलाई साकार पार्नुपर्ने बताउनुभयो ।
यस्तै केन्द्रिय सदस्य गगन थापाले कांग्रेस चाहिय स्याङ्जा जानु भन्ने कथनलाई जिवित राख्न स्याङ्जाली कागे्रसबीचमा एकता र दृढ संकल्प हुुनुपर्ने बताउनुभयो ।
संगठन विस्तार गरी कांग्रेसका योगदान र सर्मपणलाई जनतामाँझ पुर्नताजगी गराउनुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस एक ढिक्का भएर लागे अवको २०७९ सालको निर्वाचनमा कागे्रस पहिलो बन्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र न्यौपाने, रुपन्देहीका सभापति अब्बदुल रजाक, कास्कीका सभापति कृष्ण केसी, पुर्व सांसद खगेन्द्रराज रेग्मी, पुर्व सांसद शंकरप्रसाद पाण्डे, नेता रामचन्द्र पोख्रेल, संविधान सभा सदस्यहरु मोहनप्रसाद पाण्डे, शारदा पौडेल, राजु थापा, प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, नेकपाका नेता सन्तोष केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वति अर्याल, क्षेत्रिय सभापतिद्धय तुल्सीराम रेग्मी र अर्जुनप्रकाश अर्याल, स्व.पंगेनीकी छोरी क्रान्ती पंगेनी, स्मारीका संयोजक जिवलाल काफ्ले, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा ललगायतले स्वर्गीय पंगेनीको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा कमल पंगेनी स्मारिका विमोचन गरीएको छ । कांग्रेस जिल्ला कार्यबहाक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यष प्रेमराज पौडेल, सञ्चालन प्रवक्ता ईन्द्र गोदार तथा धन्यवाद तोयनाथ अर्यालले गर्नुभएको थियो ।
थाम्न सकेनन् देउवाले आँशु …………
स्व कमल प्रसाद पंगेनीको प्रथम स्मृति सभामा कांग्रेस सभापति शेर बहादुर देउवा रुनु भएको छ । छोरी क्रान्ति पंगनीको मन्तब्यमा भाबुक हुदै देउवा लगायत मंचमा आसिन अतिथीहरुको आखाँमा आसु देखिएको थियो ।
छोरी क्रान्तिले आफ्नो बस्ने बास र घडेरी नभएको भाबुक मन्तब्यमा नेताहरुले आसु निकालेका हुन् । देश र संगठन बाबुको इच्छालाई पुरा गर्न सहयोग गर्न आग्रह गदै छोरी पंगेनीले बाबु कमलको सपना साकार पार्न आग्रह गर्नुभयो ।
काठमाडौको झंसिखेलमा आफुहरुको कोठा रहेको बताउदै छोरी पंगेनीले बाबुलाई पार्टी र स्याङ्जालीले दिएको मायाँ परिवालाई पनि दिन आग्रह गर्नुभयो ।
छोरी पंगेनीको मन्तब्यमा मंच तथा उपस्थित सबै उस्थितले आखाँमा आसु निकालेका थिए ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…