स्याङ्जा सहित १२ जिल्लामा आजबाट शुरु भयो गरिब घरपरिवार पहिचान अन्तर्गत तथ्यांक संकलन गर्ने काम !

आधिखोला खबर/स्याङ्जा :

देशका १२ जिल्लामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको लागि आज बाट तथ्यांक संकलन गर्ने कामको शुरुआत भएको छ ! भुमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले शुभारम्भ गर्नु भएको हो ! मन्त्री अर्यालले तथ्यांक संकलन र दर्ताको लागि कम्प्युटर सफ्टवेयर खुला गरेर शुभारम्भ गर्नु भएको हो ! स्याङ्जाको वालिङमा आयोजना गरिएको कार्यक्रम मार्फत देशका १२ जिल्लामा तथ्यांक संकलनको काम शुरु भएको हो ! स्याङ्जा सहित देशका ताप्लेजुङ्,धनकुटा,महोत्तरी,रसुवा, काभ्रेपलान्चोक, लम्जुङ,म्याग्दी , बाके, दैलेख,डडेलधुरा र दार्चुलामा तथ्यांक संकलनको काम शुरु भएको भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव झबिन्द्र पाण्डेले जानकारी दिनु भयो !

Facebook Comments Box
TOP