स्याङ्जा सहित १२ जिल्लामा आजबाट शुरु भयो गरिब घरपरिवार पहिचान अन्तर्गत तथ्यांक संकलन गर्ने काम !
आधिखोला खबर/स्याङ्जा :

देशका १२ जिल्लामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको लागि आज बाट तथ्यांक संकलन गर्ने कामको शुरुआत भएको छ ! भुमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले शुभारम्भ गर्नु भएको हो ! मन्त्री अर्यालले तथ्यांक संकलन र दर्ताको लागि कम्प्युटर सफ्टवेयर खुला गरेर शुभारम्भ गर्नु भएको हो ! स्याङ्जाको वालिङमा आयोजना गरिएको कार्यक्रम मार्फत देशका १२ जिल्लामा तथ्यांक संकलनको काम शुरु भएको हो ! स्याङ्जा सहित देशका ताप्लेजुङ्,धनकुटा,महोत्तरी,रसुवा, काभ्रेपलान्चोक, लम्जुङ,म्याग्दी , बाके, दैलेख,डडेलधुरा र दार्चुलामा तथ्यांक संकलनको काम शुरु भएको भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव झबिन्द्र पाण्डेले जानकारी दिनु भयो !
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


