विप्लवका दुई कार्यकर्ताद्धारा राजिनामा

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
सरकारले देशभरवाट विप्लवका कार्यकर्ता पक्राउ गरी मुद्दा चलाउन थालेपछि स्याङ्जामा धमाधम राजिनामा दिने क्रम वढेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाका दुई विप्लव नेतृत्वका कार्यकता भीरकोट नगरपालिकाका जनप्रतिनिधीको रोहोवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेमा विप्लव नेतृत्व माओवादीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक भीरकोट नगरपालिका वाड नं ७ का शेरवहादुर राना र अर्का कार्यकर्ता भीरकोट १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, आफू क्रियाशिल रहेको पार्टी विप्लव समुहले हिसात्मक गतिविधि र एकिकृत जनक्रान्तिको कार्य दिशा नछाडेकोले आफ्नो स्वास्थ्य कमजोर भई सो पार्टीमा रहि काम गर्न नसक्ने भएकोले आजको मितिवाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीमा मेरो कुनै सम्वन्ध नरहेको र नेपाल कम्यूनिष्ट पार्टी विप्लवको साधारण सदस्य समेत नरहने गरि कुनैपनि पार्टीमा नलाग्ने र स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकोले पार्टीवाट राजीनामा दिएको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्यले विप्लव नेतृत्वको माओवादीलाई हिंशात्मक गतिविधि छाडेर शान्तिपुर्ण राजनीतिमा आउन आग्रह गरिन । पत्रकार सम्मेलनमा भीरकोट नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता समेत रहेको बताइएको छ । अहिले सम्म चार जना धरौटी राख्न नसकेका कारण जेल चलान भएका छन् भने एक जनाले राजीनामा दिएका छन् ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


