बजार अनुगमनमा नीजि क्षेत्रको चासो,वालिङ उद्योग बाणिज्य संघले गर्यो अनुगमन ।

श्रीकृष्ण सिग्देल/वालिङ :
सरकारले नयाँ कर लागु गरेपछि व्यवसायीहरु अन्योल अवस्थामा रहेका छन् । सबै व्यवसायीलाई करको दायरामा ल्याउन सरकारले श्रावण १ गतेदेखि नयाँ कर नीति लागु गरेको छ । सरकारले ल्याएको नयाँ कर नीतिले व्यवसायी अन्योलमा रहेका बेला वालिङ उद्योग वाणिज्य संघले वालिङमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कर नीतिबारे प्रशिक्षण गरेको छ ।
प्रशिक्षण सगै वालिङ नगरपालिका भित्र रहेका बजार क्षेत्रमा समेत संघले अनुगमन सगै सुझाव प्रदान गरेको छ । पाँच ओटा टोली बनाएर विभिन्न बजार क्षेत्रमा संघले अनुगमन गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताउनु भयो । ग्रामिण क्षेत्रमा व्यवसायीलाई अझै करको विषय जानकारी छैन अध्यक्ष पौडेलले भन्नुभयो,“व्यवसायीलाई कर बारे जानकारी र व्यापार व्यवसायबारे समस्या बुझ्न अनुगमन गरेका हौं ।” सरकारी निकायबाट अनुगमन हुदा त्रसिद बन्ने व्यवसायीलाई संघले अनुगमन गर्दा केही सहज पायौ अध्यक्ष पौडेलले थपनु भयो ।

अनुगमनका क्रममा विना दर्ता पसल सञ्चालन गरिएको, एकै ठाउँमा सबै व्यापार गरिएको, मिति गुज्रिएको वस्तुको विक्रि वितरण गरेको भेटिएको अध्यक्ष पौडेलले बताउनु भयो । व्यवसायीलाई पसल दर्ता गर्ने, म्याद गुज्रेका सामाग्री विक्रि नगर्ने लगायतका सुझाव पनि अनुगमनमा दिएको पौडेलको भनाई छ ।
संघका अध्यक्ष शोभाकान्त पौडेलको संयोजकत्वमा बाँयटारी झलुङ्गे, थानपाटा क्षेत्रमा अनुगमन गरिएको थियो । अध्यक्ष पौडेलसहित पत्रकारहरुको टोलीले झलुङ्गेमा गरिएको अनुगमनका क्रममा मिति गुज्रिएका वस्तू छुट्याएर राखी सम्बन्धीत कम्पनीमा फिर्ता गर्न र नष्ट गर्न आग्रह गरिएको पौडेलले जानकारी दिनुभयो । कतिपय व्यापारीहरु दर्ता पक्रिया नबुझेको र उनीहरुलाई दर्ता पक्रियाबारे जानकारी दिएको अध्यक्ष पौडेलले बताउनु भयो । वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको संयोजकत्वमा भुम्रे, भकुण्डे लगायतका बजारमा पुगेर अनुगमन तथा सुझाव प्रदान गरिएको छ । उपाध्यक्ष गिरमान गुरुङको संयोजकत्वमा रामबाच्छा, त्रियासी, खहरे, सिमलचौपारी, रत्नेमा अनुगमन गरिएको छ ।
वालिङ मुख्य बजारमा महासचिव केशरबहादुर खाँणको संयोजकत्वमा अनुगमन गरिएको छ । जैसिपँधेरा देखि वालिङ मोडसम्म गरिएको अनुगमनका क्रममा स्थायीलेखा, दर्ताको महत्व नबुझेको, भेटिएको छ । निजि क्षेत्र र सरकारी क्षेत्रबीच समन्वयात्मक भुमिका निर्वाह गर्दै व्यापारीलाई करको दायरामा ल्याउने प्रयास स्वरुप सचेत गराईएको महासचिव खांणले बताउनु भयो । मुख्य बजारमा पनि समस्या देखियो महासचिव खाँणले भन्नुभयो,“ग्रामिण क्षेत्रमा त अझै कति समस्या होलान्, सरकारी टोली र नीजि क्षेत्र मिलेर समन्वयात्क तवरले बजार अनुगमन हुनुपर्ने देखियो ।” नीजि क्षेत्रबाट मात्रै भन्दा पनि सरकारी निकायबाट पनिव्यवसायीलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखियो महासचिव खाँणले भन्नुभयो ।
कर नियमित तिरेर जरिवानाबाट बच्न सुझाव समेत दिईएको करको हाउगुजीबाट समेत व्यापारीलाई स्पष्ट पार्नका लागी यस्ता कार्यक्रमले टेवा पुग्ने महासचिव खांणको भनाई छ । त्यस्तै संघको विभिन्न चेतनामुलक कार्यक्रमले दर्ता गर्नुपर्छ व्यापार गरेपछि कर तिर्नुपर्छ भन्ने भावनाको विकास भएको अध्यक्ष पौडेलले बताउनु भयो । चाडवाड नजिकिदै गर्दा सरकारी निकायबाट बजार अनुगमन हुन सकेको छैन । स्थानीयतहमा जनप्रतिनिधि आएपछि प्रशासनले गर्ने अनुगमनको अधिकार स्थानीयतहलाई दिइएको छ । तर अहिले सम्म स्थानीयतह पनि बजार अनुगमनमा मौन बसेको छ । जसले गर्दा अखाद्य सामाग्री, महङ्गीले प्रश्रय पाएको उपभोक्तहरु बताउछन् । व्यापारीको छाता संगठन वालिङ उद्योग वाणिज्य संघले गरेको अनुगमनले केही सकरात्मक सन्देश दिएपनि सरकारी निकायबाट पनि बजार अनुगमनमा ध्यान दिन जरुरी रहेको देखिएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा भीरकोट र कालीगण्डकी गाँउपालिकाले अनुगमन गरेको खबर आएका छन् । तर अन्य स्थानीयतह भने बजार अनुगमनमा मौन रहेको देखिन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…