वृद्धवृद्धा ज्ञानका भण्डार हुन-उपप्रमुख तिवारी ।

वालिङ १ ले गर्यो वृद्धवृद्धा र फरक क्षमता भएकाहरुको सम्मान् ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिका वडा नं १ ले जेष्ठ नागरिक तथा भिन्न क्षमता भएका वडावासीहरुलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा वोल्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले वृद्धवृद्धा ज्ञानका भण्डार भएको बताउनु भएको छ । उहाँले भन्नुभयो वृद्धवृद्धासँग भएका सीपहरुलाई उमेर समुहका मान्छेहरुले सिक्न जरुरी रहेको छ । उपप्रमुख तिवारीले वडाले थालनी गरेको बृद्ध तथा फरक क्षमताका व्यक्तीको सम्मान कार्यक्रम निकै सकरात्मक भएको भएको भन्दै उहाँले आगामी दिनमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण शिविर समेत आयोजना गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिक दिवा खाजा केन्द्र स्थापना गरी सबै बृद्धाहरुलाई एकै ठाउँमा ल्याई बृद्धाहरुको दिनचर्या सहज बनाउँन नगरपालिकाले रकम समेत विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
महिला संघ स्याङ्जाकी सभापति समेत रहुनभएकी उपप्रमुख तिवारीले भिन्न क्षमता भएकाहरुको जीवन निकै कष्टकर भएको स्पष्ट पार्नु भयो । उहाँले थप्नु भयो हामी उनीहरुको जीवन सहज बनाउनको लागि प्रतिवद्ध छौं ।
वडा अध्यक्ष केदार काफ्लेले चालू आर्थिक वजेटबाट छुट्टाईएको रकमले बृद्ध र फरक क्षमता भएकाहरुलाई सम्मान गरिएको जानकारी दिदै आगामी वर्षमा भिन्न क्षमता भएकाहरुलाई क्षमता अनुसारको सीप प्रदान गरीने बताउनुभयो ।
कार्यक्रममा वडाभित्रका ८० वर्षभन्दा माथिका ४४ जना जेष्ठ नागरिक र १७ जना भिन्न क्षमता भएकाहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रम सञ्चालन वडा सचिव बुद्धिसागर पंगेनीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…