वालिङ् नगरपालिकाले दुई पत्रकार सहित उत्कृष्ठ करदाता तथा टोल विकास संस्था र मालीलाई गर्यो सम्मान ।
आधिखोला खवर / वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले पत्रकार द्वय वालिङ टेलिभिजनका समाचार प्रमुख निर्भीक नारायण भुर्तेल र कान्तिपुर राष्ट्रिय दैनिका पत्रिकाका स्याङ्जा प्रतिनिधि प्रतिक्षा काफ्लेलाई सम्मान गरेको छ । स्याङ्जामा रहेर सत्य तथ्य रुपमा इमान्दारीता र निश्पक्ष पत्रकारीता गरेको भन्दै वालिङ नगरपालिकाले भुर्तेल र काफ्लेलाई सम्मान गरेको हो । आँफु आबद्ध मिडियामा रहेर सहि र सत्यमा आधारित सूचनाहरु प्रकाशन, प्रसारण गरेर जनतालाई सुसूचित गराउने कार्यमा महत्वपूर्ण योगदान पुु्र्याएकोमा नगरले आफ्नो छैठौ सभाबाट भुर्तेल र काफ्लेलाई पाँच हजार नगद सहित प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।
नगरपालिकाले पत्रकारीतामा रहेर आगामी दिनहरुमा सशक्तरुपमा कलमहरु चलाउन आग्रह गर्दै सञ्चार क्षेत्रलाई आगामी दिनमा उच्च सम्मान सहित सम्झिने जनाएको छ । नगरपालिकाले दिएको सम्मानले आँफुहरु अत्यन्तै खुशी व्यक्त गर्दै भुर्तेल र काफ्लेले थप जिम्मेवारी महसुस भएको बताएका छन । आफुहरुले गरेको पत्रकारीता प्रति वालिङ नगरपालिका र आम जनताले गरेको विश्वास टुट्न नदिने भुर्तेल र काफ्लेले प्रतिबद्धता समेत जनाएका छन ।
त्यस्तै नगरपालिकाले मालिका रुपमा कार्यरत सनसरी बसेल, उत्कृष्ठ करदाता गोविकृष्ण तिवारी, उत्कृष्ठ सरसफाई टोल विकास संस्थाको रुपमा सहकार्य टोल विकास संस्थालाई समेत दोसल्ला, सम्मानपत्र तथा नगदले सम्मान गरिएको छ ।
यसैबीच नगरपालिकाले बुधबार विहान ८ बजे नगरपालिकामा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष २०७६/०७७ को निति कार्यक्रम तथा बजेट सार्वजानिक गर्ने जनाएको छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…