वालिङ्का कृषकलाई व्यावसायीक बनाउन ६५ सय फलफुलका विरुवा वितरण ।

आँधीखोला खवर/वालिङ् :
वालिङ् नगरपालिकाले आफ्ना मातहतका १४ ओटै वडाका व्यावसायीक बन्न चाहाने कृषकहरुलाई छ हजार भन्दा वढि सुन्तला र कागतीका विरुवा वितरण गरेको छ । वालिङ्लाई सुन्तला र कागतीको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ तीन हजार सात सय ५० ओटा सुन्तला, एक हजार आठ सय ओटा कागती, पाँच सय १५ ओटा आँप, चार सय ३५ ओटा लिचिका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वालिङ् नगरपालिका सुन्तला उत्पादनको उपयुक्त ठाउँ भएकाले कृषकलाई विरुवा वितरण गरेको बताउनु भयो । उहाँले वढ्दो जनसंख्या वृद्धि संगै भारतीय बजारबाट कागती आउने गरेकाले त्यस्लाई विस्थापन गर्न कागतीका विरुवा वितरण गरेको बताउनुभयो ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिदै नगर उपप्रमुख कल्पना तिवारीले
कृषिको आधुनिकीकरणको लागि आफूहरुले विशेष अभियान नै सञ्चालन गर्ने जानकारी दिनुभयो ।
फलफुलका विरुवा वितरण कार्यक्रम अन्तर्गत नगरपालिकाका कृषि शाखा प्रमुख केश बहादुर थापाले नगरपालिकाका करिव नौ ओटा वडाका कृषकले व्यावसायीक सुन्तला खेती गरेकाले उनीहरुलाई प्रोत्सान गर्न विरुवा वितरण गरेको बताउनुभयो । ‘गत वर्षमा पनि हामीले विभिन्न फलफुलका विरुवा वितरण गरेका थियौ ।’ उहाँले भन्नुभयो, ‘यस वर्ष पनि ग¥यौँ, आगामि वर्षमा पनि निरन्तरता दिनेछौँ ।’ थापाले थप्नुभयो, ‘सुन्तला र कागतीका विरुवा सल्यानको डाँगी एग्रो फर्मबाट ल्याएका हौँ, आँप र लिचि रौतहटको कुन्दन नर्सरीबाट ल्याएका हौँ ।’ कृषकले प्रति विरुवा ८० रुपैयाँ पर्ने कलमीलाई ४० रुपैयाँ र ३० रुपैयाँ पर्ने कलमी नगरेकोलाई १५ रुपैयाँमा लगेको थापाको भनाई छ ।
यता वालिङ् १० ले एक घर एक कागती अभियान शुरु गरेको छ । वडावासी सवैले अनिवार्य रुपमा कागती लगाउनु पर्ने भन्दै वडा अध्यक्ष अनन्तराज गैह्रेले विरुवाको व्यवस्थापन वडा कार्यालयले गर्ने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


