वालिङको घ्वाङखोला धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा परिणत हुँदै,ईसिमोडले नलेज पार्क बनाउने ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
वालिङ नगरपालिकाको वडा नम्वर ८ र १० मा पर्ने घ्वाङखोला धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिणत हुँदै गएको छ । प्रशिद्ध ग्रहौंकालिका मन्दिरको काखमा रहेको घ्वाङखोला क्षेत्रमा एकिकृत रुपमा विभिन्न कामहरु भईरहेकाछन् । झण्डै १ सय ३० रोपनी क्षेत्रफलमा फैलिएको घ्वाङखोला सामुदायिक बनको अधिकांश क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै आएको हो ।


वालिङ बजारबाट निक्कै नजिक पर्ने सो क्षेत्रमा दिनहुं जसो बनभोज खान जानेको घुँईचो नै लाग्ने गर्दछ । मनोरम हरियाली जंगल, आकर्षक पुल, माछापोखरी, स्विमिङ पुल, विभिन्न खाले पिङहरु लगायतका संरचनाका कारण पछिल्लो समय घ्वाङघोला क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिती रहने गरेको छ । ग्रहौंसुर मन्दिर पुग्नको लागि सवै भन्दा सहज सडकसँग जोडिएको घ्वाङखोलाको विकासका लागि वालिङ नगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा तीन वटा फरक शैलीका पार्क तथा कृतिम तालहरु निर्माण गर्ने योजना रहेको बताउनु भयो । प्रमुख खाँणले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न निमार्ण हुने चिल्ड्रेन पार्क स्थानीय र प्रदेश सरकारको अगुवाईमा बन्ने छ भने नलेज (ज्ञान) पार्कको ईसिमोडले निमार्ण गर्ने जानकारी दिनुभयो । घ्वाङखोला क्षेत्रमा नै रहेको व्यक्तिगत जग्गालाई समेत लिएर पर्यावरणिय रिर्साेट बनाउने योजना रहेको नगर प्रमुख खाँणको भनाई छ ।


नगरपालिकाको ८ र १० नम्वर वडा कार्यालयले समेत नगर कै उत्कृष्ट धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन योजना बनाईरहेको जनाएकाछन् । वडा नम्वर १० का अध्यक्ष अनन्तराज गैह्रेले भन्नुभयो “घ्वाङखोलालाई नगर कै नमुना क्षेत्रको रुपमा विकास गर्न वडाले समन्वय गरिरहेको छ ।” सो क्षेत्रमा निर्माण गरिएको शिवपार्वतीको मन्दिर,विभिन्न भगवानका मुर्तिहरु, विशाल हनुमानको मुर्ती मुख्य आकर्षकका केन्द्र रहेकाछन् । वडा नम्वर ८ ले समेत घ्वाङखोला क्षेत्रको एकिकृत विकासको लागि अभियान शुरु गरेको वडा अध्यक्ष कमल प्रसाद सुवेदीले बताउनु भयो ।
डिभिजन बन कार्यालय स्याङ्जाले पनि समुदायको सहकार्यमा उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउनका लागि काम गरिरहेको कार्यालयका सहायक बन अधिकृत बसन्तकेशव अधिकारीले जानकारी दिनुभयो ।
यसैवीच आर्थिक वर्ष २०७५/०७६ मा डिभिजन बन कार्यालय तथा पर्यटन बिभाग मार्फत प्राप्त भएको रु १५ लाख र गण्डकी प्रदेशबाट प्राप्त भएको रु ३ लाखबाट विभिन्न संरचना तयार गरिएको घ्वाङखोलालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका सदस्य दीपक सुवेदीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP