धार्मिक पर्यटनको प्रवर्द्धनमा सक्रिय वालिङ बोलबम समिति ।


श्रीकृष्ण सिग्देल/स्याङ्जा :
एक दशक भन्दा अगाडि देखि वालिङ बोलबम समितिले शान्तिका लागि बोलबम यात्रा गर्दै आएको छ । हरेक श्रावण महिनामा नेपालका विभिन्न धार्मिक स्थलमा पुगेर कालीगण्डकीको जल चढाउदै आएको बोलबम समितिले यो पटक भने धार्मिक प्रवर्द्धनका लागि मनाङ्को तिलिचो ताल पुग्ने जनाएको छ । सरकारले बर्ष २०२० लाई पर्यटन घोषणा गरे सगै वालिङ बोलबम समितिले यो पटक धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले धार्मिक यात्रा तय गरेको बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभयो । श्रावण १९ गते देखि शुरु हुने यात्रा नेपाल कै अग्लो ताल तिलिचो पुग्ने छ । तिवारीका अनुसार तनहुँको इशानेश्वर महादेव मन्दिरमा कालीगण्डकीको जल चढाएर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले तिलीचो ताल पुगेर फर्कने कार्यक्रम रहेको बताउनु भयो ।
हरेक बर्ष शान्तिका लागि बोलबम भन्ने नारा तय गरेर धार्मिक क्षेत्रको दर्शन गर्ने गरेका थियौं समितिका अध्यक्ष तिवारीले भन्नुभयो,“ यो पटकको हाम्रो यात्रा शान्ति सगै पर्यटन प्रवर्द्धनलाई जोड दिएका छौं ।”सरकारले २०२० लाई पर्यटन बर्ष घोषणालाई हाम्रो धार्मिक यात्राले पनि सघाउ पुग्ने विश्वास लिएका छौं तिवारीले भन्नुभयो ।
समितिले यात्राको समय तालिका समेत सार्वजनिक गरेको छ । १९ गते देखि यात्रा शुरु गरेर २० गते तनहुँको इशानेश्वर महादेव मन्दिरको दर्शन बेसीशहरमा बास बस्ने, बेसी शहरबाट मनाङ्को खाङ्सारमा बास बस्ने र २२ गते बेस क्याम्पमा पुगेर बास बस्ने गरी २३ गते तिलिचो ताल पुग्ने समय तालिका सार्वजनिक गरेको यात्रा संयोजक राजु तिवारीले जानकारी दिनुभयो । यात्रामा कुनै कठिनाई वा समस्या नआउने गरी सबै व्यवस्थापन मिलाएको अर्का व्यवस्थापक युवराज गौतमले जानकारी दिनुभयो । स्याङ्जाका धार्मिक स्थलहरुको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वासका साथ वालिङ बोलबम समितिले आयोजना गरेको बोलबम यात्रालाई छुट्टै तवरले हेरिएको छ ।
भ्रमणका लागि न्युन खर्चमा व्यवस्थापन गर्ने काम भईरहेको समितिका कोषाध्यक्ष केशव पराजुलीले जानकारी दिनुभयो ।एउटै पोषाकमा करिव ८० जना बोलबम युवाहरुको सहभागिता हुने समितिका सह-सचिव अशोक तिवारीले जानकारी दिनुभयो । २०६१ सालबाट बोलबम समितिले हरेक श्रावण महिनामा मुलुकका हरेक धार्मिक स्थल पुग्दै आएका छन् । पहिलो मुक्तिनाथ बाट यात्रा शुरु गरेको समितिको यो १४ औं संस्करणको यात्रा हो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…