वालिङमा बजार व्यवस्थापन र उपभोक्ता सचेतना सम्बन्धी गोष्ठी सम्पन्न ।

कला राना/वालिङ :
स्थानीय बजार व्यवस्थापन र उपभोक्ता सचेतना सम्बन्धी नगरस्तरीय कार्यशाला गोष्ठी तथा प्रशिक्षक प्रशिक्षण वालिङमा सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजना, उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोग र अष्ट्रेलिय एड र द एसिया फाउण्डेसनको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले उपभोक्ता सचेत हुनुपर्ने भन्दै स्मार्ट वालिङका लागी यहाँका नागरिक समेत स्मार्ट बन्नुपर्ने बताउनुभयो ।
साथै उहाँले नयाँ आर्थिक वर्ष संगै यहाँका बजारलाई व्यवस्थित र चुस्त राख्ने भन्नेतर्फ केन्द्रित हुँदै भन्दै उपभोक्ता सचेतना नै मुख्य आवश्यक रहेको प्रमुख खांणको भनाई थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनिया, सचिव श्रृङऋषि काफ्ले, सदस्य किसान संगीतले स्थानीय बजार व्यवस्थापन, उपभोक्त सचेतनालगायतका विषयमा संविधानमा उल्लेख गरिएको नियमहरु, स्थानीय निकायले गर्न सक्ने कार्यहरुका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष आनन्द पाठक, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश कार्यक्रम संयोजक पुर्ण परियार, वालिङ क्याम्पसका क्याम्पस प्रमुख सचितानन्द यादवलगायतले बोल्नुभएको थियो । उपभोक्ता मञ्चले वालिङ नगरपालिकासंग समन्वय गर्दै १ वर्ष सम्म उपभोक्ताहरुलाई सचेत पार्ने, बजार व्यवस्थापनका लागी सहजीकरण गर्नेछ ।

Facebook Comments Box
TOP