वालिङ—८ ले घरघरमा नै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र सम्मान् गर्यो ।


आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान शुरु गरेको छ । वडाभित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै घर—घरमा नै पुगी स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यबहाक वडा अध्यक्ष चेतनारायण श्रेष्ठ, नगरकार्यपालिका सदस्यद्धय युगमाया पंगेनी र गिता रनपाल, वडा सदस्य अनन्तराज शर्मा, वडा सचिव प्रेमनारायण सुवेदी, स्वास्थ्य साखाका रामचन्द्र ठाकुर सहितको टोलीले शनिबार वालिङ बजार, भिमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरा, लगायतका ठाँउका २४ जना जेष्ठ नागरिक र ९ जना पुर्ण अपांगलाई सम्मान तथा स्वास्थ्य परिक्षण गरेको हो ।

जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परिक्षण गर्नुका साथै नगद ५ सय सहित हर्लिक्स, फलफुल प्रदान गरिएको थियो भने पुर्ण अपांग बालबालिकाहरुलाई ५ सय नगद र फलफूल घरघरमै पुगेर प्रदान गरिएको हो ।



समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
३ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…