वालिङ नगरपालिकामा भूकम्पबाट विस्थापित २ परिवारलाई लालपुर्जा वितरण ।

आधिखोला खवर / वालिङ :
भूकम्पबाट विस्थापित भएका स्याङजाको वालिङका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ ।
२०७२ सालको महाभुकम्प र त्यसपछिका पराकम्पबाट वालिङ नगरपालिका वडा न.२ तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो ।
स्थानीय कृष्णप्रसाद काफ्ले र यज्ञप्रसाद काफ्लेको गैह्रा भन्ने स्थानमा रहेको आठ आना जग्गा खरीद गरी मित्रलाल दमै र मनकुमारी दमैको परिवारलाई प्रदान गरिएको हो भने सोही वडाको राक्सेस्थित प्रेमप्रसाद रेग्मीसँग नौ आना जग्गा खरीद गरी सुनमती दमैको परिवारलाई प्रदान गरिएको वडाध्यक्ष लम्सालले जानकारी दिनुभयो ।


राष्ट्रिय पुन-निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत प्राप्त भएको दुई-दुई लाख रुपैया रकमबाट वडा कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी जग्गा खरीद गरी लालपुर्जा वितरण गरीएको वालिङ नगरपालिकाले जानकारी दिएको छ ।
जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा दुई लाख दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जाले आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताउनुभयो ।
विस्थापीत घरपरिवारले वडामा सम्झौता गरी किस्ता लिई घर निर्माण शुरुवात गरेतापनि निर्माणधिन घरको तलबाट पहिरो गएको हो । आफ्नो बचेको जग्गामा निर्माण गरेको घर तलबाट पहिरो गएपछि राष्ट्रिय पुन-निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जाले आर्थिक सहयोग गरिएको प्रमुख ढकालले जानकी दिनुभयो ।
“दलित समुदायको बाक्लो बस्ती रहेको तिलडाँडामा भूकम्प पश्चात भूगर्भविद्बाट अध्ययन अवलोकन गरी बस्न नहुने भएपछि दुई घर परिवार विस्थापित भएका थिए । आफ्नो भएको घरमा बस्न नहुने र घर बनाउने अर्को उपयुक्त जग्गा नभएपछि प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपुर्जा प्रदान गरिएको हो ।

vukampa pidit—1


यस ठाउँमा जस्तै जिल्लाका अन्य ठाउँमा पनि भूकम्पबाट विस्थापित बनेका परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रमुख ढकालको भनाई छ ।
यसअघि गत चैतमा घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई लालपुर्जा प्रदान गरिएको थियो । वालिङ नगरपालिका–२ वडाको छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई भूकम्प प्राधिकरणको सहयोगमा लालपुर्जा प्रदान गरिएको थियो ।

Facebook Comments Box
TOP