तरुण दल स्याङ्जाको नियमीत वैठक सम्पन्न, संगठन सुदृढीकरणको बिषयमा छलफल ।

आँधीखोला खवर/स्याङ्जा :
नेपाल तरूण दल जिल्ला कार्य समिति स्याङ्जाको नियमित बैठक शनिवार वालिङमा सम्पन्न भएको छ । प्रदेशसभा सदस्य तथा नेपाल तरूण दल स्याङ्जाका सभापति भागवत प्रकाश मल्लको अध्यक्षतामा भएको वैठककको सञ्चालन सचीव चन्द्र रानाले गर्नु भएको थियो । वैठकले काँग्रेसको संगठन सुदृढीकरणको बिषयमा छलफल गरेको जनाईएको छ त्यस्तै ३७ औ बीपी स्मृति दिवस साउन ६ गते भब्य रूपमा मनाउने निर्णय समेत गरेको तरुण दलले जनाएको छ ।

वैकठमा वालिङ नगर पालिकाका प्रमुख एवं नगर सभापति दिलिप प्रताप खाँण,क्षेत्रीय सभापती अर्जुनप्रकाश अर्याल ,प्रदेश सभाका प्रत्यासी एवं महाधिवेशन प्रतिनीधी विष्णु पौडेल , काँग्रेस जिल्ला सदस्य अर्जुन खनाल, भीरकोट नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष दिपेन्द्र केसी, कांग्रेस क्षेत्रीय सचिव दामोदर लम्साल, काँग्रेस क्षेत्रीय सचीव तथा तरुण दल क्षेत्रीय सभापती महेश भटराई, कांग्रेस वालिङ नगर सचीव भुपराज वगाले, ,तरुण दल कालीगण्डकी गाउंपालीका सभापती सुन्दर पाण्डेय , डन्डु पंगेनी ,विष्णु गैह्रे लगायतले संगठन मजवुत कसरी वनाउन सकीन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


