कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनायो : डा शेखर कोईराला ।


कला राना,अमृत पौडेल /स्याङ्जा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनाउदै लगेकोे बताउनुभएको छ । स्याङ्जाको वालिङमा आयोजित विपिको ३७ औँ स्मृति दिवसका अवसरमा नेता कोईरालाले भन्नुभयो, “ दुई तिहाईको कम्युनिष्टको नाम धारी सरकारले देशको राष्ट्रियता कमजोर बनायो ।
नेता कोईरालाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद खोक्रो देखिएको स्पष्ट पार्नु भयो उहाँले थप्नुभयो चाहे त्यो विषादीयुक्त तरकारी तथा फलफुलमा होस् चाहे सार्क सम्मेलनमा होस, ओलीको बोली खुकुलो भयो, यस्तो राष्ट्रबादको हामी किन तारिफ गर्ने ।” उहाँले कम्युनिष्ट सरकारको पछिल्ला गतिविधि देशलाई गम्भिर असर पार्ने खालको मात्र भएको दावी गर्नुभयो ।
कम्युनिष्ट सरकार हिँडेको बाटोले राष्ट्रलाई कमजोर बनाउने भन्दै अव कागे्रस जाग्नुपर्ने कोईरालाले बताउनुभयो । कम्युनिष्ट सरकार संविधान विपरित चलिरहेको भन्दै उहाँले भन्नुभयो, “सरकारले वाक स्वतन्त्रता, मिडिया, मानवअधिकार, राष्ट्रिय सुरक्षा सबैलाई समाप्त पार्ने प्रयास गर्दैछ ।” सरकारका यस्ता संविधान विपरित क्रियाकलापले मुलुकको अस्मिता, सार्वभौमसत्ता माथि हमला गर्न खोजेको नेता कोईरालाको आरोप छ ।

सरकारको गुठि विधयेक, वाईडबढी काण्ड, बालुवाटार जग्गा प्रकरण सबै राष्ट्रहित विपरित भएको भन्दै नेपाल बायुसेवा निगमलाई समेत सरकारले समाप्त पार्ने प्रयास गरिरहेको नेता कोईरालाको आरोप छ । प्रधानमन्त्री आँफै न्यायधिस, आँफै अख्तियार बन्न खोजेको भन्दै कोईरालाले भन्नुभयो, “रविन्द अधिकारी वाईटबडी काण्डमा निर्दोष हुनुहुन्छ भन्दै प्रधानमन्त्री हिड्नु भएको छ,उसो भए वास्तविक दोसी को हो त ” प्रश्न समेत सोध्नु भयो । दोषीलाई उन्मुक्ति दिने काम सरकारले गरेको भन्दै रेल र पानी जहाजको नाममा नेपालीलाई धेरै ऋणको भारी बोकाउने प्रयास भईरहेको नेता कोईरालाको भनाई थियो ।
पार्टीभित्र नेताको मुख हेर्दा कार्यकर्ता अगाडि बढ्न नसकेको भन्दै कोईरालाले भन्नुभयो, “जससम्म तपाईँ नेताको मुख हेर्नुहुन्छ, तवसम्म अगाडि बढ्न सक्नुहुन्न ।” विपिको समाजवाद भनेको कोही भोको नरहने, उपचारबाट वञ्चित नहुने, बोल्न पाउने हो उहाँले भन्नुभयो, “ यहाँ त प्रजातान्त्रिक समाजवादका मुलभुत सिद्धान्तलाई कुल्चिने कार्य भईरह्यो ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस मिल्नुको विकल्प नरहेको भन्दै अव अनावश्यक विवाद र मनमुटावमा नफस्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
अर्का केन्द्रीय सदस्य धनराज गुरुङ्ले कांग्रेसको नीति जनता सम्म पुर्याउन जरुरी रहेको बताउनु भयो । उहाँले जनता अव सचेत नहुने हो भने देश गम्भिर संकटमा पर्ने दावी गर्नु भयो ।
सो अवसरमा पूर्व मन्त्री यज्ञ बहादु्र थापा, पूर्व सांसदहरु खगेन्द्रराज रेग्मी शंकर प्रसाद पाण्डे, मोहन प्रसाद पाण्डे, राजु थापा र शारदा पौडेल, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, वालिङ नगरपालिकाका प्रमुख एवं नगर सभापति दिलिप प्रताप खाँण, शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञावाली,संगिता साप्कोटा लगायतले वोलेका थिए ।

कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वालिङ नगर सचिव भुपराज वगाले गर्नु भएको थियो भने स्वागत क्षेत्रीय सभापति अर्जुन प्रकाश अर्यालले र धन्यवाद महाधिवेशन प्रतिनिधी विष्णु पौडेल गर्नु भएको थियो ।

यसैवीच कांग्रेस केन्द्रिय सदस्य शेखर कोईरालासँग विहान प्रजातान्त्रिक समाज स्याङ्जाले छलफल गरेको छ । त्यस्तै विश्व हिन्दु महासंघ स्याङ्जाले हिन्दु राष्ट्रको माग तथा सनातन धर्मको रक्षाको माग गर्दै छलफल गरेको छ ।
उता विपि स्कृति दिवशका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रमहरु सम्पन्न भएकाछन् । भीरकोट नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ भने स्याङ्जा सदरमुकाम पुतली वजार र चापाकोटमा रहेका विपिका शालिकमा माल्यार्पण गरिएको छ ।
स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि. सं.१९७१ भदौ २४ गते भएको थियो । स्वर्गीय कोइरालाले आफ्नो सम्पुर्ण जीवन नै नेपाली राजनीतिमा व्यतित गर्नु भएको थियो । बाबु स्व. कृष्णप्रसाद कोइराला र आमा स्व. दिब्या कोइरालाको कोखबाट जन्मिएका वीपी नेपाली कांग्रेसका संस्थापक नेता समेत हुनुहुन्छ । प्रजातान्त्रिक समाजवादी विचारधाराका प्रणेता स्व. कोइरालालाई कांग्रेसले आफ्नो आस्थाको धरोहरको रुपमा स्मरण गर्दै आएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय कोइरालाले मध्ययुगिन समाजमा क्रान्तिकारी कदम, वृत्ता उन्मुलन,राजारजौटा प्रथा उन्मुलन, कृषिमा आधुनिकीकरण जस्ता कार्यको सुरुवात गर्नु भएको थियो । पटक पटकको जेलजीवन बिताएका स्व. कोइरालाले देश र जनताको निमित्त नै सम्पुर्ण जीवन अर्पण गर्नु भएको थियो । उहाँ राजनीतिज्ञ मात्र होइन साहित्यकार पनि हुनुहुन्थ्यो ।
स्व. वीपी कोइरालाको लोकतान्त्रिक समाजवादी सपना यो थियो कि हरेक नेपाली साधारण किसानको एउटा झुपडीसम्म होस् एकहल गोरुसहितको जोत्ने बारी होस अनि नेपाल समृद्ध बन्दै जाओस् तर बीपीको आदर्शले स्थापित नेपाली कांग्रेसले उहाँको आदर्शलाई पालना गर्न नसकेको साथै स्व. कोइरालाको अभाव खड्किएको जानकारहरु बताउछन् । कोइरालाको वि. सं २०३९ साल साउन ६ गते मृत्यु भएको थियो ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…