कम्युनिष्ट सरकारले लोकतन्त्र धरापमा पार्यो-कांग्रेस नेता डाक्टर शेखर कोईराला ।

आँधीखोला खवर/फेदिखोला :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोईरालाले दुई तिहाईको कम्युनष्टि सरकारले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाउनु भएको छ । सरकार लोकतन्त्र विरोधी काममा मात्रै लागि परेको भन्दै नेता कोईरालाले लोकतन्त्रको पहेदारको रुपमा कागे्रस उभिने स्पष्ट पार्नु भयो ।
नेपाली कांग्रेस फेदिखोला गाउँ कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै नेता कोईरालाले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्ने दावी गर्नु भयो ।

कांग्रेस कार्यकर्ताहरु तर्फ र्इगित गर्दै डाक्टर कोईरालाले भन्नुभयो लोकतन्त्रको रक्षार्थ नेपाली काँग्रेस एक ठाउँमा उभिनु पर्दछ । उहाँले थप्नुभयो लोकतन्त्रलाई रक्षा गर्न कागे्रसलाई जिवित राख्नु पर्दछ ।
सबै अधिकार केन्द्रिकृत गरेको आरोप लगाउँदै सरकार दुई तिहाईको दम्भमा संविधान विरोधी कार्यहरु गरिरहेको नेता कोईरालाको दावी छ ।
कार्यक्रममा कांग्रेस केन्दीय सदस्य धनराज गुरुङ, अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी, संविधान सभा सदस्य राजु थापा,वालिङ नगर प्रवक्ता केदार काफ्ले, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला लगायतको उपस्थिति रहेको थियो ।

समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


