कम्युनिष्ट सरकारले लोकतन्त्र धरापमा पार्यो-कांग्रेस नेता डाक्टर शेखर कोईराला ।


आँधीखोला खवर/फेदिखोला :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोईरालाले दुई तिहाईको कम्युनष्टि सरकारले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाउनु भएको छ । सरकार लोकतन्त्र विरोधी काममा मात्रै लागि परेको भन्दै नेता कोईरालाले लोकतन्त्रको पहेदारको रुपमा कागे्रस उभिने स्पष्ट पार्नु भयो ।
नेपाली कांग्रेस फेदिखोला गाउँ कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै नेता कोईरालाले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्ने दावी गर्नु भयो ।

कांग्रेस कार्यकर्ताहरु तर्फ र्इगित गर्दै डाक्टर कोईरालाले भन्नुभयो लोकतन्त्रको रक्षार्थ नेपाली काँग्रेस एक ठाउँमा उभिनु पर्दछ । उहाँले थप्नुभयो लोकतन्त्रलाई रक्षा गर्न कागे्रसलाई जिवित राख्नु पर्दछ ।
सबै अधिकार केन्द्रिकृत गरेको आरोप लगाउँदै सरकार दुई तिहाईको दम्भमा संविधान विरोधी कार्यहरु गरिरहेको नेता कोईरालाको दावी छ ।
कार्यक्रममा कांग्रेस केन्दीय सदस्य धनराज गुरुङ, अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी, संविधान सभा सदस्य राजु थापा,वालिङ नगर प्रवक्ता केदार काफ्ले, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला लगायतको उपस्थिति रहेको थियो ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…