छिमेकी देशहरुलाई खुशी पार्न सरकारले रातारात निर्णय फेर्यो-कांग्रेस केन्द्रिय सदस्य गुरुङ ।

आँधीखोला खवर/काठमाण्डौं :
कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली भक्ती गर्न नछोडेको आरोप लगाउनु भएको छ । रिपोर्टर्स क्लबले शनिबार काठमाण्डौंमा गरेको अन्तरक्रियामा बोल्दै नेता गुरुङ्ले सरकार र सरकारका प्रधानमन्त्री ओलीले बिहान देश भक्ती गरे जस्तो गर्ने र बेलुकी दिल्ली भक्ती गर्ने गरेको टिप्पणी गर्नु भएको हो ।
भारतबाट आयात हुने तरकारी र फलफुलमा हुने बिषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछी हटेकोमा आपत्ती प्रकट गर्दै नेता गुरुङले छिमेकी देशहरुलाई खुशी पार्न सरकारले रातारात निर्णय फेरेको आरोप लगाउनु भयो । सरकारले राष्ट्रघाती निर्णय गरी रहेको र सरकारका कारणले देशको अस्मिता र सार्बभौमसत्तामाथी नै प्रष्न खडा गरेकोले अब सरकारका बिरुद्द आन्दोलन गर्नुको बिकल्प नभएकोमा नेता गुरुङले जोड दिनुभयो । उहाँले यो सरकारबाट शान्ती, सुसाशन, बिकाश र सम्बृद्धी हासिल हुन नसक्ने उल्लेख गर्दै सरकार आफै भ्रष्टाचारको साक्षी बसिरहेकोले अब सरकार बिरुद्द आन्दोलनको मैदानमा सबैले एकजुट हुनुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले बर्तमान सरकारका प्रधाअनमन्त्री केपी ओलिले दुइ तिहाइको भारी बोक्न नसक्ने ठोकुवा गर्दै दुइ तिहाइको भारी बोक्न नसकेर ओलि सरकार धर्मराउन थालेको दावी गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


