नेविसंघ चापाकोटले गर्यो एसईई मा सहभागी विद्यार्थीको सम्मान ।

आँधीखोला खवर/चापाकोट :
नेपाल विद्यार्थी संघ चापाकोटलले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७५ मा सहभागी भएका विद्यार्थीलाई सम्मान गरेको छ । चापाकोट नगरपालिकाबाट परिक्षामा सहभागी भएका मध्ये ९६ जना विद्यार्थीहरुलाई सम्मान् गरिएको हो ।
विद्यार्थीलाई सम्मान् गर्दै नेपाली कांग्रेस स्याङ्जाका क्षेत्रीय सभापति देव बहादुर खाँण ईश्वरले गुणस्तरीय शिक्षाले माात्रै देशको मुहार फर्ने सकिने बताउनु भयो । उहाँले उच्च शिक्षामा सहभागी हुँदा निक्कै विचार र आवश्यक सल्लाह लिएर निर्णय गर्न विद्यार्थीहरुलाई सुझाव समेत दिनुभयो । नेता खाँणले विद्यार्थीहरुलाई राजनैतिक विषयमा समेत जानकारी गराउने काम गरेको भन्दै नेविसंघलाई धन्यवाद दिनुभयो ।


नेपाली कांग्रेस नगर सभापति रामचन्द्र पंगेनीले युवाहरुले शिक्षाको साथमा देश निर्माणमा समेत ध्यान दिन जरुरी रहेको बताउनु भयो । नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले नेविसंघले मात्रै समग्र विद्यार्थीहरुको हितमा काम गर्न सक्ने दावी गर्नु भयो । उहाँले कुनै समस्या परेमा नेविसंघलाई सम्झन समेत आग्रह गर्नु भयो ।
विद्यार्थी सम्मान कार्यक्रममा नेविसंघ क्षेत्रीय सभापतिहरु धनराज पौडेल र विश्वास लम्साल महिला नेत्री गायत्री आचार्य, विक्रम सारु, , खेमराज भट्टराई, दिपक रेग्मी, हरिवाबु पोखरेल लयायतले बोलेका थिए ।
नेपाल विद्यार्थी संघ नगर सभापति महेश डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चापाकोट क्याम्पसका स्ववियु सभापति सबिन डोटेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेविसंघ नगर सचिव भुवन भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP