नेकपा वालिङ नगरममिटिले बनायो १५ वटा विभाग र २७ सदस्यीय सचिबालय ।

आँधीखोला खवर/वालिङ :
पार्टीको गतिविधीलाई प्रभावकारी बनाउने भन्दै नेकपा वालिङ नगरममिटिले १५ वटा विभागको गठन गरेको छ । सोमवार वालिङमा बसेको दोस्रो वैठकले पार्टीका गतिविधीलाई प्रभावकारी बनाउने तथा गाउँ—गाउँमा पार्टीको गतिविधी सञ्चालन गर्न भन्दै विभागहरुको गठन गरिएको नेकपा वालिङका अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
वैठकमा नेकपाका नेताहरु किशोरविक्रम मल्ल, लक्ष्मीपति पौडेल, कल्पना श्रेष्ठ, उदय श्रेष्ठ लगायतले बोलेका थिए । वैठकले २७ सदस्यीय सचिबालय तथा ३९ सदस्य रहेको सल्लाहकार परिषदको समेत गठन गरेको छ ।

पार्टीको कार्यक्रम र एकतापाछी गर्नु पर्ने विविध गतिविधी लगायतका वारेमा जानकारी दिने उद्देश्यले साउन ३१ र ३२ गते वालिङमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नेकपाले जनाएको छ । वालिङ नगरकमिटिका अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षतामा भएको वैठकको सञ्चालन सचिव रमेश अर्यालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


