नेकपा स्याङ्जामा ईन्चार्ज र सहईन्चार्ज दुवै महिला, दुवै पूर्व एमालेबाट (देशभरको सुचि सहित)

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जामा ईन्चार्ज र सहईन्चार्ज दुवै महिला चयन भएकाछन् । नेकपा जिल्ला ईन्चार्जमा भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्याल र सहईन्चार्जमा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास चयन हुनु भएको हो । आईतबार बसेको नेकपा केन्द्रिय कमिटिको बैठकले ईन्चार्ज र सहईन्चार्ज अर्याल र सुन्दासलाई जिम्मेवारी दिने निर्णय गरेको हो । अर्याल र सुन्दास दुवै बजा पूर्व एमालेबाट चयन भएकाहुन् । एकिकरण पछि दुवै जना नेकपाको केन्द्रिय सदस्यमा बहाल रहनु भएको छ ।
बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूका ईञ्चार्ज तथा सह–ईञ्चार्जको टुङ्गो लगाएको हो । पूर्व सहमतिअनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज चयन गर्ने नीति बनाएको भए पनि स्याङ्जामा भने दुवै जना तत्कालिन एमालेबाट चयन गरिएको छ ।
नेकपा स्याङ्जामा यस अघि नै तत्कालिन माओवादीबाट अध्यक्षमा सुर्य प्रसाद गैह्रे पारस र सचिव तत्कालिन एमालेबाट मिन प्रसाद गुरुङ चयन भईसक्नु भएको छ ।

हेर्नुहोस् ७७ जिल्ला र ६ महानगरका ईन्जार्च र सहईन्चार्ज :

Facebook Comments Box
TOP