राष्ट्रको समृद्धिका लागि नेकपा जुट्यो -गण्डकी प्रदेश सचिव नेपाली ।


टिकाराम अधिकारी/गल्याङ :
राष्ट्रको समृद्धिका लागि नेपाल कम्युनिष्ट पार्टी अभियानमा जुटेको नेकपा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले बताउनुभयो छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) गल्याङ नगर कमिटीले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा बोल्दै सचिव नेपालीले नेकपाको ध्यान अभियानमा जुटेको स्पष्ट पार्नु भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनितिक सल्लाहकार समेत रहनुभएका नेपालीले कम्युनिष्ट जनताको मेहनत र पसिनाले बनेको पार्टी भएको बताउदै दुनियालाई चकित पार्ने पार्टी बन्ने दावी गर्नुभयो ।
गल्याङ नगरपालिका नेकपाको किल्लाको रुपमा स्थापित भएको बताउदै अवको निर्वाचनमा नेकपासँग प्रतिस्पर्धा गर्नका लागि नेपाली कांग्रेसबाट उठ्ने हिम्मत नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गल्याङ नगरपालिकाले समृद्ध नगरको लागि अहोरात्र खटिरहेको बताउनुभयो । उहाँले गल्याङको विकासको लागि नगर कमिटी, वडा कमिटीसंग समन्वय गरेर आगामी पाँच वर्षमा नमुना नगर बनाउने बताउनुभयो ।
यस्तै नेकपा जिल्ला कमिटीका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसले जनताको अपार माया पछि दुई तिहाइ कम्युनिष्ट सरकार स्थापना भएको बताउनुभयो । उहाँले वडाका सम्पुर्ण कमिटीले जिम्मेवारी पाएपछि जनतालाई अनुभुती दिलाउन कार्यहरु गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटीका सदस्य तथा गल्याङ वडा नम्बर ७ का अध्यक्ष राम बहादुर गुरुङ, नेकपा प्रदेश कमिटीका सदस्य पुण्य भुषाल लगायतले नेकपा जनताको पक्षमा उभिएर काम गर्ने पहिलो पार्टी भएको बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका ११ वटै वडा कमिटीका पदाधिकारीहरुलाई नेकपा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले सपथ खुवाउनुभएको थियो ।
नमुना नगर बनाउनका लागि अहोरात्र खट्ने कमिटीका पदाधिकारीले एक साथ प्रतिबद्धता जनाएका छन् ।
यसैबीच सपथ ग्रहण कार्यक्रमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य दिपक राना, टिकाराम ज्ञवाली, ज्योतिलाल न्यौपाने लगायतले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा गल्याङ नगर कमिटीले जानकारी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) गल्याङ नगर कमिटीका अध्यक्ष नारायण अधिकारी समिरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेकपा नेता छविलाल भुषालले गर्नुभएको थियो ।
भने कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव दान बहादुर थापाले र धन्यवाद ज्ञापन गल्याङ वडा नम्बर ३ का वडा कमिटीका अध्यक्ष किसान श्रेष्ठले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…