जगतभञ्ज्याङमा कृषक सम्मान तथा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न ।

राजेन्द्र प्रसाद लामिछाने / वालिङ :
वालिङ नगरपालिका वडा नं ५ को आर्थिक सहयोग तथा वडा स्थरिय कृषि सञ्जालको आयोजानामा आयोजित कृषक सम्मान तथा कृषि सामग्री वितरण कार्यक्रम जगत भन्ज्याङ मा सम्पन्न भयको छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नं ५ का अध्यक्ष ढाकाराम पंगेनिले वाड नं ५ लाइ कृषिमा अझै विकास गर्न आफु निरन्तर लागि रहने र कृषक हरुलाइ प्रोत्साहन मिल्ने खालका कार्यक्रम हरु गर्दै जने बताउनु भयो । सोहि कार्यक्रममा वालिङ नगरपालिका वडा नं ५ का आठ जना कृषकहरुलाइ सम्मान गरिएको छ ।
सम्मानित हुने कृषकहरुमा यज्ञ प्रसाद लामिछाने, जितसिङ गुरुङ, झमन गुरुङ, नेत्र बहादुर पुलामि, टिका बहादुर खड्का, चित्र प्रकाश रेग्मि, कल्पना मल्ल, कुलानन्द अधिकारी रहनु भयको छ ।

वडा नं ५ का सबै घर धुरिहरुलाई कागति को बिरुवा र एघार जना कृषकहरुलाई प्लाष्टिक टनेल समेत बितरण गरिएको छ । कार्यक्रममा वालिङ नगरपालिका वडा नं ५ वडा सदस्य केश बहादुर थापा, जन कल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने, प्रगति टोल बिकास संस्थाका संयोजक भिम प्रसाद रेग्मि लगायतले बल्नुभएको थियो ।

वडा स्तरीय कृषि सञ्जाल का अध्यक्ष चित्र प्रकाश रेग्मिको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत हर्सेडाडा टोल विकास संस्थाका संयोजक झमन गुरुङ र सञ्चालन सचिव राम प्रसाद लामिछानेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…