वालिङ ४ एलादीमा महिलाको प्रजनन् सम्बन्धी निशुल्क शिविर सम्पन्न ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ४ एलादीमा महिलाको प्रजनन् सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा शिविर गरिएको हो
हिमाली माविमा भएको शिविरमा ११३ जना महिलाले स्वास्थ्य परिक्षण गराएका एलादी स्वास्थ्य चौकीका अहेब सार्दुल अर्यालले जानकारी दिनुभयो । शिविरमा स्त्रि रोग विशेषज्ञ डाक्टर नारायण ओझा सहतिको टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।
शिविरमा अधिकांश महिलाहरुमा सेतो पानी बग्ने समस्या बढी भेटिएको स्वास्थ्यकर्मीहरुले बताएकाछन् । शिविरमा महिलाको समस्याका बारेमा परामशर्क दिनुका सार्थ निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरको उद्दघाटन गर्दै गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले गाँउ—गाउमा आयोजना हुने स्वास्थ्य शिविरले स्थानीय जनतालाई निक्कै सहज हुने बताउनु भयो । स्वास्थ्य प्रतिको जनचासो बढेको भन्दै सांसद रेग्मीले आफूहरु जनताको स्वास्थ्य प्रति सचेत रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांणले महिलाहरु स्वास्थ्य प्रति संवेदनशील बन्नुपर्ने भन्दै नियमित स्वास्थ्य परिक्षण गर्नु सवैलाई आग्रह समेत गर्नुभयो ।
सामुदायिक नर्सिङ अधिकृत मनकुमारी ओझाले शिविरका बारेमा जानकारी गराउनुभएको थियो । वालिङ नगरपालिका वडा नं ४ का अध्यक्ष रनध्वज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत मित्रबन्धु अर्याल र सञ्चालन एलादी स्वास्थ्य चौकीका अहेब सार्दुल अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


