धर्म, संस्कृतिकाे संरक्षण गर्न साना दलहरुकाे सरकारसँग माग ।

काठमाण्डौ – नेपालकाे धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दबाब दिन विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
वाम-प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले नेपालको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सीपी मैनालीले जानकारी दिनुभयो । देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको नेकपा मालेका महासचिव मैनालीको भनाइ छ ।
‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको यो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौ वटा राजनीतिक दलहरु आबद्ध रहेका छन् ।
नेपाली कांग्रेस (बीपी) का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाव दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताउनु भयो । उहाँले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानबिनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
यो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भीर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ । उज्यालो अनलाईनमा समाचार छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


